Friday, May 22
Shadow

Month: February 2021

२२ वर्षदेखि बन्द रहेको महेन्द्रनगर विमानस्थल सञ्चालनमा आउँदै , भयो सम्झौता

२२ वर्षदेखि बन्द रहेको महेन्द्रनगर विमानस्थल सञ्चालनमा आउँदै , भयो सम्झौता

आर्थिक, मुख्य समाचार, स्थानिय तह
काठमाडौँ , फागनु ३ । २२ वर्षदेखि बन्द रहेको मुलुकको अन्तिम विन्दुमा रहेको महेन्द्रनगर विमानस्थललाई अबको डेढ वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ । यो विमानस्थललाई तीन तहको सरकारको लागत साझेदारी अवधारणमा पुनस् सञ्चालनमा ल्याउन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नागरिक उड्डयन प्राधिकरण तथा सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र द्वन्द्वपछि गौचरनमा परिणत भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगैको यो विमानस्थल मर्मत गरेर सञ्चालनमा ल्याउँन लागिएको हो । यसमा करिब ५० करोड रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ । विमानस्थलको खर्चमा प्राधिकरणले ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधार चाँदनी नगरपालिकाले १० प्रतिशत लागत साझदारी गर्ने सम्झौतापत्रमा उल्लेख छ । ...
पूजा गर्दा किन बालिन्छ त धूप ? जान्नुस् कारण !

पूजा गर्दा किन बालिन्छ त धूप ? जान्नुस् कारण !

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । पूजा गर्दा धूप बाल्ने प्रथा सबै धर्ममा विद्यमान छ । किन बालिन्छ त धूप रु कहिल्यै विचार गर्नुभएको छ रु खासमा धूपको धूँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । यो धूँवाले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म घूप बालिन्छ । धूपको धूँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय अस्पतालले पनि धूप बाल्ने गर्छन् । प्राकृतिक तवरले बनाइएका धूप स्वास्थ्यको लागि लाभदायक हुन्छ । आजकल भने अगरबत्तीमा केमिकल मिसाइन थालिएको छ । बाटेको धूप चाहिँ अहिलेसम्म शुद्ध नै पाइन्छ । प्राकृतिक चिकित्सामा उल्लेख भएअनुसार हल्का र मीठो खालको सुगन्ध मनुष्यको चित्तलाई शान्त गर्छ । त्यसैले यसको प्रयोग प्राकृतिक चिकित्सामा हुन्छ । सकारात्मक ऊर्जाका लागि पनि धूप बाल्ने गरिएको हो...
कृष्णनगरका जेष्ठ नागरिकलाई कम्बल वितरण

कृष्णनगरका जेष्ठ नागरिकलाई कम्बल वितरण

समाचार, समाज
कपिलवस्तु फागुन ३। कपिलवस्तुका २ सय १० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ का २ सय १० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको हो । कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जेष्ठ नागरिकको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको बताउनु भयो । नगर प्रमुख शाहले कम्बल वितरण गर्दै भन्नू भयो जेष्ठनागरिकहरूलाई चिसो बाट बच्नका यो कार्यक्रम आयोजना गरेको बताउनु भयो । सम्मान कार्यक्रमलाई निरन्तरता दिन जनताको पैसा जनता सम्मा पुग्न यो राम्रो मध्यम भएको र यस्तो कार्यलाई निरन्तरता दिदै जाने जानकारी दिनु भयो । कृष्णनगर नगरपालिका वडा न। ९ बहादुरगंजको आर्थिक सहयोग र चित्रंश मिडियाको सहकार्यमा न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष राम मिलन चौधरीले जानकारी दिनु भयो । वडा कार्यालयको प्रङ्गणमा एक कार्यक्रम गरि ...
२० लाख डोज खोप ल्याउने सरकारको तयारी

२० लाख डोज खोप ल्याउने सरकारको तयारी

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , फागुन ३ । सरकारले कोभिड १९ विरुद्धको २० लाख डोज खोप खरिदका लागि तयारी अगाडि बढाएको छ । थप ४० लाख जनतालाई पुग्ने खोप खरिदका लागि भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया र अन्य विभिन्न कम्पनीसँग जिटूजी प्रक्रियामार्फत प्रक्रिया अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा २० लाख डोज खोप भारतबाटै ल्याउने लक्ष्यका साथ सरकारले प्रक्रिया अघि बढाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताए । कोभिड १९ विरुद्धको खोप पहिलो चरणको अभियान माघ १४ गते सुरु गरिएको थियो । दोस्रो डोज खोप भने फागुन २४ गतेबाट दिने योजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । ‘दोस्रो डोज खोप दिन सुरु गर्दासम्म थप २० लाख डोज खोप ल्याइसक्ने’ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताएका छन् । कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालमा मार्चको पहिलो साता खोप आउने य...
कृषकलाई प्रविधि संग जोडन शिवराज नगरपालिकामा कृषि सामाग्री वितरण

कृषकलाई प्रविधि संग जोडन शिवराज नगरपालिकामा कृषि सामाग्री वितरण

समाचार, समाज
चन्द्रौटा कपिलवस्तु । कृषि क्षेत्रमा आत्म निर्भर हुन युवा कृषकहरुलाई शिवराज नगरपालिका वडा न ३ ले वडाको बजेट वाट ४९ वटा घास काटने मेसिन ३ वटा सिचाईको लागि मोटर र ६ वटा धान काटने मेसिन शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी र वडा अध्यक्ष टेकलाल सापकोटाले संयुक्तरुपमा सामाग्री वितरण गरेका थिए । वडा न ३ ले प्रत्येक वर्ष कृषिलाई प्रविधि मैत्री बनाउने भनि हाल सम्म वडा वाट ३० लाख रुपैया विनियोजन गरेको सापकोटाले बताए । वडा न ३ लाई प्रत्येक वर्ष कृषिमा अधारित कृषि प्रवधि युक्त सामाग्री वितरण गरि वडालाई कृषि प्रविधि मैत्री बनाउने वडा अध्यक्ष सापकोटाले बताए । सामाग्री वितरण कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले वडा न ३ ले किसानहरुको कृषकको आय आर्जनमा वद्धि गर्न सामाग्री वितरण आवश्यक रहेको बताए । कृषक र वडा कार्यालयको ६०र ४० को अवधारणामा सामाग्रि वितरण गरिएको हो । पालिका भित्र...
बाँकेमा नेपाली सेनाको बस दुर्घटना : १० जना घाइते

बाँकेमा नेपाली सेनाको बस दुर्घटना : १० जना घाइते

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, फागुन ३ । बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन् । दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो । दुर्घटनामा घाइते भएकाहरुको नेपालगंज राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
खोपको प्रभावकारिता ७८ प्रतिशत:  ढुक्क भएर लगाउन आग्रह

खोपको प्रभावकारिता ७८ प्रतिशत: ढुक्क भएर लगाउन आग्रह

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौँ , फागुन ३ । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ को महामारी र कोभिशिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले खोपको प्रभावकारिता ७८ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरे । उनले खोपले अहिलेसम्म ठूलै नकारात्मक असर नगरेकाले खोप निर्धक्क भएर लगाउनुपर्नेमा जोड दिँदै खोप लगाउँदा सामान्य असर देखिएपनि त्यो असर विस्तारै आफैँ हराएर जाने बताए । उनले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन थालिएको भन्दै पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिमा खोप लगाउँदा ८३ प्रतिशतलाई समेट्न सकिएको जानकारी दिए । सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख मात्रा कोभ...
ढुक्क हुनुस् वैशाखमा कुनै पनि हालतमा चुनाव हुँदैन: प्रचण्ड

ढुक्क हुनुस् वैशाखमा कुनै पनि हालतमा चुनाव हुँदैन: प्रचण्ड

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बैंशाखमा निर्वाचन गर्नै नसक्ने दाबी गरेका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो दाबि गरेका हुन् । संसद विघटन चुनाव गर्नका लागि गरिएको कदम नै नभएको उनले बताए । उनले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई परास्त गरेरै छाड्ने बताए ।अध्यक्ष प्रचण्डले पहिले राजामहाराजाले गर्ने जस्तै पञ्चर्‍याली र जमिन बाड्छौं भनेर मान्छे उतार्नुको कुनै तुक नभएको तर्क गरे । लामो बलिदानी र संघर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा उत्रिएको जिकिर गरे ।...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु घुससहित पक्राउ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नासु घुससहित पक्राउ

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नासुलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले नास नरेन्द्र यादवलाई सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र बनाइदिए वापत ८ हजार घुस लिएपछि घुस रकमसहित बिभाग परिसरबाटै आइतबार पक्राउ गरेको जनाएको छ । अख्तियारले घुस लेनदेनमा सहभागी लेखापढीको काम गर्ने रामबाबु दाहाललाई समेत पक्राउ गरेको जनाएको छ । अहिले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।...
देउवा भन्छन्- निर्वाचन आयोगले बदमासी गर्नसक्छ, आयोगमाथि शंका गर्नुपर्ने बेला भइसक्यो

देउवा भन्छन्- निर्वाचन आयोगले बदमासी गर्नसक्छ, आयोगमाथि शंका गर्नुपर्ने बेला भइसक्यो

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन ३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले बदमासी गर्न सक्ने बताएका छन् । भैरहवामा सोमबार काँग्रेसको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले अहिले अदालतले भन्दा पनि निर्वाचन आयोगबाट बदमासी हुनसक्ने आशंका व्यक्त गरेका छन् । नेकपा विवादमा निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाउदै सभापति देउवाले प्रधानमन्त्रीले चुनाव घोषणा गरिसक्दा पनि आयोगले निर्वाचनको तयारी नगरेको भन्दै आयोगमाथि आशंका बढेको बताए । उनले भने, ‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ । किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन रु अदालतको निर्णय पर्खने काम आयोगको होइन । आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्‍यो । आयोगले बदमासी गर्न सक्छ भन्दै देउवाले निर्वाचन तालिका सार्बजनिक नगरेकोमा आपत्ति जनाए...