Wednesday, April 24
Shadow

ढुक्क हुनुस् वैशाखमा कुनै पनि हालतमा चुनाव हुँदैन: प्रचण्ड


  • -इ
  • इ+

काठमाडौं, फागुन ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बैंशाखमा निर्वाचन गर्नै नसक्ने दाबी गरेका छन् ।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो दाबि गरेका हुन् । संसद विघटन चुनाव गर्नका लागि गरिएको कदम नै नभएको उनले बताए ।

उनले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमलाई परास्त गरेरै छाड्ने बताए ।अध्यक्ष प्रचण्डले पहिले राजामहाराजाले गर्ने जस्तै पञ्चर्‍याली र जमिन बाड्छौं भनेर मान्छे उतार्नुको कुनै तुक नभएको तर्क गरे ।

लामो बलिदानी र संघर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै प्रचण्डले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा उत्रिएको जिकिर गरे ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares