Friday, April 26
Shadow

कृषकलाई प्रविधि संग जोडन शिवराज नगरपालिकामा कृषि सामाग्री वितरण


  • -इ
  • इ+

चन्द्रौटा कपिलवस्तु । कृषि क्षेत्रमा आत्म निर्भर हुन युवा कृषकहरुलाई शिवराज नगरपालिका वडा न ३ ले वडाको बजेट वाट ४९ वटा घास काटने मेसिन ३ वटा सिचाईको लागि मोटर र ६ वटा धान काटने मेसिन शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी र वडा अध्यक्ष टेकलाल सापकोटाले संयुक्तरुपमा सामाग्री वितरण गरेका थिए ।

वडा न ३ ले प्रत्येक वर्ष कृषिलाई प्रविधि मैत्री बनाउने भनि हाल सम्म वडा वाट ३० लाख रुपैया विनियोजन गरेको सापकोटाले बताए । वडा न ३ लाई प्रत्येक वर्ष कृषिमा अधारित कृषि प्रवधि युक्त सामाग्री वितरण गरि वडालाई कृषि प्रविधि मैत्री बनाउने वडा अध्यक्ष सापकोटाले बताए ।

सामाग्री वितरण कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले वडा न ३ ले किसानहरुको कृषकको आय आर्जनमा वद्धि गर्न सामाग्री वितरण आवश्यक रहेको बताए । कृषक र वडा कार्यालयको ६०र ४० को अवधारणामा सामाग्रि वितरण गरिएको हो । पालिका भित्रका मुख्य आम्दानिको श्रोतनै कृषि भएकोले यसलाई टेवा दिने प्रयास राम्रौ भएको बताए ।

शिवराज नगरपालिका वडा न ३ ले कृषकको माग अनुसार कृषि कार्यमा सहयोगका लागि सामाग्री वितरण गरिएको वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । वडाको प्रत्येक गाँउमा समेटने गरि सामाग्री वितरण गरिएको सापोटाले बताए ।

कार्यक्रम स्वास्थ्य चौकी इन्चार्ज जितेन्द्र वि सि को संचालन नगरप्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता र वडा अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares