Friday, March 29
Shadow

२२ वर्षदेखि बन्द रहेको महेन्द्रनगर विमानस्थल सञ्चालनमा आउँदै , भयो सम्झौता


  • -इ
  • इ+

काठमाडौँ , फागनु ३ । २२ वर्षदेखि बन्द रहेको मुलुकको अन्तिम विन्दुमा रहेको महेन्द्रनगर विमानस्थललाई अबको डेढ वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ ।

यो विमानस्थललाई तीन तहको सरकारको लागत साझेदारी अवधारणमा पुनस् सञ्चालनमा ल्याउन सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नागरिक उड्डयन प्राधिकरण तथा सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र द्वन्द्वपछि गौचरनमा परिणत भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगैको यो विमानस्थल मर्मत गरेर सञ्चालनमा ल्याउँन लागिएको हो । यसमा करिब ५० करोड रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ ।

विमानस्थलको खर्चमा प्राधिकरणले ५० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधार चाँदनी नगरपालिकाले १० प्रतिशत लागत साझदारी गर्ने सम्झौतापत्रमा उल्लेख छ । निर्देशक अधिकारीले यसै साता महेन्द्रनगर विमानस्थलको निर्माणको ठेक्काका लागि प्रस्ताव आह्वान गरिने बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares