कपिलवस्तु फागुन ३। कपिलवस्तुका २ सय १० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ का २ सय १० जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको हो ।
कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जेष्ठ नागरिकको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको बताउनु भयो । नगर प्रमुख शाहले कम्बल वितरण गर्दै भन्नू भयो जेष्ठनागरिकहरूलाई चिसो बाट बच्नका यो कार्यक्रम आयोजना गरेको बताउनु भयो ।
सम्मान कार्यक्रमलाई निरन्तरता दिन जनताको पैसा जनता सम्मा पुग्न यो राम्रो मध्यम भएको र यस्तो कार्यलाई निरन्तरता दिदै जाने जानकारी दिनु भयो ।
कृष्णनगर नगरपालिका वडा न। ९ बहादुरगंजको आर्थिक सहयोग र चित्रंश मिडियाको सहकार्यमा न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष राम मिलन चौधरीले जानकारी दिनु भयो । वडा कार्यालयको प्रङ्गणमा एक कार्यक्रम गरि कम्बल वितरण गरिएको वडा अध्यक्ष चौधरीले बताउनु भयो ।