Thursday, April 18
Shadow

देउवा भन्छन्- निर्वाचन आयोगले बदमासी गर्नसक्छ, आयोगमाथि शंका गर्नुपर्ने बेला भइसक्यो


  • -इ
  • इ+

काठमाडौं, फागुन ३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले बदमासी गर्न सक्ने बताएका छन् ।

भैरहवामा सोमबार काँग्रेसको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले अहिले अदालतले भन्दा पनि निर्वाचन आयोगबाट बदमासी हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

नेकपा विवादमा निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाउदै सभापति देउवाले प्रधानमन्त्रीले चुनाव घोषणा गरिसक्दा पनि आयोगले निर्वाचनको तयारी नगरेको भन्दै आयोगमाथि आशंका बढेको बताए ।

उनले भने, ‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ । किन यसले चुनावको कार्यतालिका प्रकाशित गर्दैन ? सबै पार्टीलाई बोलाएर किन चुनावी कार्यक्रम दिन सक्दैन रु अदालतको निर्णय पर्खने काम आयोगको होइन । आयोगले छ महिनाभित्र निर्वाचन गर्छु भनेर जनतालाई भन्नुपर्‍यो ।

आयोगले बदमासी गर्न सक्छ भन्दै देउवाले निर्वाचन तालिका सार्बजनिक नगरेकोमा आपत्ति जनाएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares