Friday, April 26
Shadow

बाँकेमा नेपाली सेनाको बस दुर्घटना : १० जना घाइते


  • -इ
  • इ+

काठमाडौं, फागुन ३ । बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना घाइते भएका हुन् ।

दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको नेपालगंज राँझास्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares