Saturday, April 20
Shadow

मानव सेवा आश्रमबाट भागेका जमकटेलको खोजि गर्न आग्रह


  • -इ
  • इ+

काठमाण्डौँ, जेठ २६
बिगत लामो समय देखि मानसिक असन्तुलन भएका नुवाकोट विदुर नगरपालिका वडा नं ५ का राम प्रसाद जमकटेल मानव सेवा आश्रमको पर्खाल नागी भागेको छन् । उपचारको लागि मानव सेवा आश्रम भक्तपुर कौसलटार शाखामा बिगत १ वर्ष देखि रहदै आएका जमकटेल त्यहाँ बाट भागि बेपत्ता भएकाले उनको खोजिको लागि स्थानियहरुले पहल गरिरहेका छन् ।

३५ वर्षका जमकटेललाई उपचारार्थ बिदुर नगरपालिका को केही वडा , स्थानिय युवाको सहयोग र बिदुर नगरपालिका कार्यालयको समन्वयमा मानव सेवा आश्रम भक्तपुर कौसलटार शाखा मा राखिदै आईएको थियो । उनी उक्त ठाउँबाट नुवाकोट नै आएको हुन सक्ने भएकाले देख्नुहुने जो कोहिले पनि बिदुर नगरपालिकाको कार्यालय नजिकैको प्रहरी चौकी वा 9841835974 मा सम्पर्क गरि पुन त्यही राख्नको लागि सहयोग गरिदिन स्थानिय युवा दीपक अधिकारीले आग्रह गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares