Saturday, April 20
Shadow

एनआरएनए क्युस्युको संयोजकमा नुवाकोट पञ्‍चकन्याका अर्जुन थापा


  • -इ
  • इ+

काठमाण्डौँ, जेठ २३
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्युस्युको संयोजकमा अर्जुन थापा निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा भएको हो । संयोजकमा निर्वाचित थापा यसअघि सचिवको जिम्मेवारीमा थिए ।

नुवाकोट पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँमा जन्मिएका थापा सन् २०१२ मा जापान प्रवेश गरेका हुन् । हाल फुकुओका जापान बस्दै आएका उनी स्नातक हुन् । विद्यालय जीवनदेखि नै सामाजिक काममा रुची राख्ने संयोजक थापा नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबका संस्थापक अध्यक्ष हुन् भने फुकुओका नेपाल सोसाईटीका सदस्य हुन् ।

यस्तै एनआरएनए क्युस्युको उपसंयोजकहरुमा भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे, सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा केशवकुमार लामिछाने र सहकोषाध्यक्षमा रिपुहरि सापकोटा चयन भएका छन् ।

सदस्यहरुमा अमृत भट्ट, प्रदीपकुमार राई, सुवासबहादुर बोहोरा, दिपकबहादुर शाही, महिला सदस्य कृष्णा बस्नेत र विद्यार्थी सदस्य सज्जन सुवेदी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । एनआरएनए क्युस्युको नवनिर्वाचित कार्यसमितिको कार्यकाल २०२३ सम्म रहने छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares