Thursday, April 25
Shadow

यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


  • -इ
  • इ+

नुवाकोट, जेठ २७
यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टले जिल्लाको स्थानिय तहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । बिहिवार ट्रस्टले किस्पाङ , म्यगङ र तारकेश्वर गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

अक्सिजन कनसनटेटर ९ थान, माक्स १० हजार पिपिई २५ थान ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी को उपस्थितिमा आज उक्त स्थानिय तहका प्रमुख उप प्रमुख वडा अध्यक्षहरुलाई ट्रस्टका अध्यक्ष डा केदार नरसिंह के सीले एक कार्यक्रम विच हस्तान्तरण गर्नु भएको छ । बुधवार दुप्चेश्वर गाउँपालिकामा ३ थान कन्सनटेटर र पिपिई प्रदान गरिएको थियो ।

सामाजिक कामलाई राजनिति सँग जोड्नु हुदैन , मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छ भन्ने मुल मान्यता राखी कोभिड महामारीमा अग्रणी मोर्चामा आफुलाई उभ्यायको ट्रस्टले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्लाभित्र रहेको देउरालि प्राथमिक स्वास्थ्य केन्द्र ,खरानिटार अस्पताल ,प्राथमिक स्वास्थ्य केन्द्र ककनीमा २ महिना सम्म दैनिक ५/५ थान अक्सिजन सिलिन्डर उपलव्ध गराईरहेको ट्रस्टका महासचिव जगदिश्वर नरसिंह केसीले बताउनु भयो । साथै जिल्ला को एकमात्र पुरानो अस्पताल त्रीशुलि अस्पताल लाइ दुइ ICU बेड उपलब्ध गराउने पत्रपनि सोहि अस्पतालका प्रमुख लाइ हस्तान्तरण गरिएको उहाँले बताउनु भयो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares