Thursday, June 25
Shadow

समाज

मदरसाहरुमा दिदै आएको अनुदान रकम बढाउनु पर्ने : मौलाना मशहूद

मदरसाहरुमा दिदै आएको अनुदान रकम बढाउनु पर्ने : मौलाना मशहूद

शिक्षा, समाचार, समाज, स्थानिय तह
कृष्णनगर/कपिलवस्तु अषाढ २० कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर स्थित आयशा गर्ल्स कालेजमा मुस्लिम आयोगको आयोजनामा अगामी जनगणना सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ। मुस्लिम आयोगका सदस्य माननीय मोहम्मददीन अलीको अध्यक्षता प्रमुख अतिथीमा मुस्लिम आयोगका सदस्य माननीय मिर्जा अरसद बेग विशिष्ट अतिथिमा मुस्लिम इत्तेहाद संगठन नेपालका केन्द्रीय अध्यक्ष सेराज अहमद फारुकी राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी राष्ट्रीय मदरसा संघ नेपालका महासचिव मौलाना मशहुद खां नेपाली नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खां जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान इम्बार्क इन्टरनेशनलका संचालक मिर्जा राशिद बेग लगायत रहनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी बेगले मुस्लिम आयोग मुस्लिम समुदायको हकहितमा काम गर्ने र मुस्लिम समुदायले दिएको सुझाव सल्लाह अनुसार अगाड...
मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि झनै जिम्मेवार बढेको महसुस गरेको छु : सुनिता

मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि झनै जिम्मेवार बढेको महसुस गरेको छु : सुनिता

समाचार, समाज, स्वास्थ्य
नमस्कार, म सुनिता कुमारी सहकारी, जन्म वि-स- २०५४ साल नेपालको दुर्गम जिल्ला भनेर चिनिने कालिकोटको नरहरीनाथ गाउँ पालिकामा जन्म लिए पश्चात् सानै उमेर देखि म अरुको सेवा गर्नुपर्छ भन्ने भावना जागृत भएर आउथ्यो । जब म कक्षा ८ मा अध्ययन गर्ने भए त्यतिबेला गाउँमा उपचार नपाएर, उपचारका गर्नका लागि सुर्खेत वा नेपालगन्ज लैजानुपर्ने, सामान्य सिटामोल समेत गाउँमा नपाइने अबस्था लाई नजिकबाट नियालेको थिए । मेरो मनमा अनेकौं कुराहरु खेल्थे, म जसरी भएपनि नर्सिङ पढ्नुपर्छ र बिरामीको सेवा गर्नुपर्छ भन्ने मनमा सोच्थे। दिन बित्दै गए मैले गाउँको जनता माध्यमिक विद्यालयबाट २०६५ सालमा एस-एल-सी- दिए मेरो मनमा अब रिजल्टको पिरलो हुन लाग्यो त्यतिबेला रिजल्ट आउनपनि केही महिना ढिलो हुन्थ्यो, मनमा नर्सिङ पढ्न पाउछु कि पाउदिन, कतै फेल हुने त होइन जस्ता कुराहरु बादल मडारिए जस्तै खेलिरहेका हुन्थे । प्रतिक्षाको फल मीठो हुन्छ भ...
काठमाडौं उपत्यकामा दुई महीनापछि चल्न थाले सार्वजनिक बस

काठमाडौं उपत्यकामा दुई महीनापछि चल्न थाले सार्वजनिक बस

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, असार १५ काठमाडौं उपत्यकामा आज बिहानैदेखि सार्वजनिक बस चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर-बिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी एक सातालाई निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए । उक्त निर्णय अनुसार २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् । बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्थासमेत मिलाउनु पर्नेछ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै सार्वजनिक सवारी साधन सञ्चालन हुन पाएका थिएन । काठमाडौं उपत्यकामा निजी सवारी साधन भने यसअघि नै जोर-बिजोर प्रणाली अनुसार नै सञ...
बर्षातका बाटाहरु

बर्षातका बाटाहरु

कृर्षि, जिवनसैली, मौसम, समाज, सम्पादकीय
जब हिलोको गन्ध आउन थाल्छ तब सुरु हुन्छन झ्याउँकिरिका झ्याँइझ्याँइ,भ्यागुताका ट्वारट्वार अनि गाउँमा सुरु हुन्छ असार । भाखाहरु घन्किन थाल्छन । बर्षातीहरु तयारी हुन थाल्छन ,अनि सुरु हुन्छ असार । खेतको बिचमा मात्र हरियो हुन्छ । केही थान टाउकाहरु कोदालीले डिल हाल्दै देखिन्छन केही थान राता लुगा लगाएका टाउकाहरु घाँसका भारीका साथ उकाली लाग्छन । अनि सुरु हुन्छ असार । धिप धिप पानीका फोकाहरु,खहरेका सुसेलीहरु अनि बियाढका बिउ माथीको हावाको बयली, साच्चै असार बर्षातको समय हो । कसैले बनाउन नसक्ने बाटाहरु बर्षातले बनाउँछ । कसैले फुटाउन नसकेका चट्टान बर्षात ले फुटाउछ । खहरेलाई बाटो खहरेले बनाउछन,खोलाहरुले बालुवाका भुल्काहरुलाइ आफुसँगै अनन्त यात्रामा लिएर जान्छन । बर्षातका बाटाहरु नत कसैले रोक्न सक्छ न त कसैले छेक्न नै । अनन्त यात्रामा निस्किएका बर्षातहरु धर्तीलाई सिँचित गर्छन र त असार आउँछ । गोठाला र ...
कृष्णनगर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

कृष्णनगर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

समाचार, समाज, स्थानिय तह
रवि प्रकाश कसौधन/कृष्णनगर, अषाढ ९ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका का ८२ जना स्वास्थ्य स्वयंसेविका लाई मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको छ । कृष्णनगर नगरपालिकामा ११५ स्वास्थ्य स्वयंसेविका रहेको जस्मा ८२ जना लाई वितरण गरिएको र छुटेका लाई आगामी बर्षमा निरन्तरता दिने कुरा कृष्णनगर नगरपालिका ले जनाएको छ । साइकल वितरण कार्यक्रमको बजेट आठ लाख रहेको थियो । कृष्णनगर नगरपालिका रहेको पुरानो भवनमा साइकल वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश भौतिक योजना तथा पूर्वाधार मंत्री सन्तोष कुमार पाण्डेयले स्वयंसेविका लाई साइकल हस्तांतरण गरि कार्यक्रमको शुभारंभ गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले गांउमा स्वास्थ्य स्वयंसेविका लाई सेवा दिन सजिलो हुने उद्देश्यका साथ साइकल वितरण गरिएको बताए । कार्यक्रममा कृष्णन...
छितौनी जोड्ने घोरही पुल मंत्री पाण्डेय द्वारा समुद्घाटन

छितौनी जोड्ने घोरही पुल मंत्री पाण्डेय द्वारा समुद्घाटन

समाचार, समाज, स्थानिय तह
कपिलवस्तु , असार ९ भाैतिक याेजना तथा पुर्वाधार मन्त्री सन्ताेष पाण्डेयद्वारा कृष्णनगरमा घाेरही पुल उद्घाटन गरिएकाे छ । कृष्णनगर नगरपालिकाले निर्माण गरेकाे वडा १ मा पर्ने घाेरही नदीमा पुललाई आज लुम्बिनी प्रदेशका भाैतिक याेजना तथा पुर्वाधार मन्त्री संताेष पाण्डेयले उद्घाटन गर्नु भएकाे हाे । आर्थिक बर्ष ०७६/७७ मा बजेट विनियाेजन गरि नगरपालिकाकाे छितुहनी, सिसहनिया लगायतका आधा दर्जन गाउँलाई मुख्य बजार जाेड्ने घाेरही नालाकाे पुल निर्माण गरिएपछि स्थानीयहरु हर्षित भएका छन । बर्षायाममा शिवानगरकाे श्रीदेवी माविमा पढ्न जाने बिद्यार्थीहरुमा उत्सह थपिएकाे छ । मन्त्री पाण्डेयले पनि याे पुल निर्माण नगरपालिकाले गरेकाे छ अब बाटाे मैले बनाईदिने प्रतिवद्धता गर्नुभएकाे छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफू अबिकसित गाउंलाई शहरसंग जाेडेर बिकास कार्यलाई तिव्रता दिएकाे बताउनुभएकाे । उनले स...
डुबानको चपेटामा मेलम्ची बजार (फोटो फिचर)

डुबानको चपेटामा मेलम्ची बजार (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, मौसम, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असार २ मनसुन सक्रिय भए संगै निरन्तर रुपमा परिरहेको वर्षाको कारण देशका अधिकाशं स्थानमा बाढी पहिरो जानुको साथै डुबानमा रहेको छ । हरेक वर्ष जसो यस वर्ष पनि सिन्धुपाल्चोकमा त्यसको ठूलो असर परेको छ । असार १ गते मेलम्ची नदिमा आएको बाढी बजार क्षेत्र डुबानमा परेको छ । कयौँ घर डुबानमा छन्, बक्कि पुलहरु बगाउनुको साथै केहि संख्यामा मानिसहरु समेत बेपत्ता भएका छन् । हेर्नुहोस् यी दृश्यहरु जुन मेलम्ची नगरपालिका वडा नं ११ बाट बुधबार दिउँसो लिगिएको हो । फोटो : बासु बस्नेत ...
नुवाकोट छहरेको सेवा सामुदायिक अस्पताललाई आईसोलेसन निर्माणको लागि रोटरी क्लबको सहयोग

नुवाकोट छहरेको सेवा सामुदायिक अस्पताललाई आईसोलेसन निर्माणको लागि रोटरी क्लबको सहयोग

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, असार १ नुवाकोटको लिखु गाउपालिका ६ छहरे बजारमा रहेको सेवा सामुदायिक अस्पताललाई कोभिड १९ आईसोलेसन निर्माणका लागि रोटरि क्लब अफ भादगाउ भक्तपुरले सहयोग गरेको छ। आईसोलेसन निर्माणका लागि ९ थान फोल्डिङ बेड र ९ थान अक्सिजन सिलिन्डर सहयोग प्राप्त भएको सेवा अस्पतालका अध्यक्ष वसन्त राज के सि ले बताए ​। रोटरि क्लबका सस्थापक अध्यक्ष मनोज कडेलले उत्त सामाग्री अस्पताल लाई हस्तान्तरण गरेका हुन् । हाल उत्त अस्पतालमा २० वेड रहेको छ । ...
प्रबिण हर्मेलद्धारा जन्म गाँउ लाम्मेलामा स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रबिण हर्मेलद्धारा जन्म गाँउ लाम्मेलामा स्वास्थ्य सामाग्री हस्तान्तरण

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली देशमा कोरोना भाईरसको महामारी मच्चिए संगै विभिन्न देशमा रहेका नेपाली नागरिक र सामाजिक अभियान्ताहरुले देशका प्राय ठाँउ एवम् आफ्ना पायक पर्ने ठाँउमा पुगेर नागरिकलाई भोग र अभाव बाट बचाउने उद्देश्य राख्दै खाद्य सामाग्री एवम स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने गरेका छन । आपतको बेला जनतालाई भोक र रोग बाट बचाउनु मानवीय धर्म भएको बताउदै देशका सुगम एवम् दुर्गम ठाँउमा पुगेर सामाजीक अभियान्ता हरुले सहयोग गर्दै आएका छन । यसै बिच तमानखोला गा.पा ४ लाम्मेला घर भै हाल ब्यबसायीक रुपमा पोखरालाई कर्मथलो बनाएका प्रबिण हर्मेल ले आफ्नो जन्म गाँउमा पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।केहि समय अगाडि कोरोना स्पोट बनेको लाम्मेलामा स्वास्थ्यकर्मी र स्थानीय जनताको समस्यालाई महसुस गर्दै आफुले जन्मथलोमा ब्यक्तिगत रुपमा भएनी स्वास्थ्य सामाग्री सहयोग गरेको हर्मेलको भनाई छ । धौलागिरी एक...
विश्व रक्तदाता दिवसको अवसरमा नुवाकोटका दुई स्थानमा रक्तदान सम्पन्न

विश्व रक्तदाता दिवसको अवसरमा नुवाकोटका दुई स्थानमा रक्तदान सम्पन्न

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ ३१ रक्तदान गरौं ,संसारका धड्कनहरुलाई चलायनमान वनाओैं भन्ने मुल नाराका साथ विश्व रक्तदाता दिवस नुवाकोटको दुई स्थानमा रक्तदान कार्य पुरा गरी सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजना ,Blood On Request In Nuwakot को समन्वय , नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तसन्चार केन्द्र भवन कलोनीमा भएको कार्यक्रममा ९ जना रक्तदाताले रक्तदान गर्नु भएको मानव अधिकार तथा शान्ति समाज नुवाकोटका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । उता सोहि अवसर पारेर किस्पाङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखाको आयोजना ,रक्तसन्चार केन्द्र कलोनीको प्राविधिक सहयोग, समृद्व किस्पाङ र नुवाकोट जिल्ला भरका रक्तदाताहरुको छाता संस्था Blood on Request in Nuwakot को समन्वयमा भएको वृहत रक्तदान कार्यमा ३४ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । संकलित रगत नुवा...