Thursday, April 25
Shadow

नुवाकोटमै पहिलो पटक विदुर ५ को कार्यालयले सुरु गर्यो नि:शुल्क औषधि र एम्बुलेन्स सेवा


  • -इ
  • इ+

नुवाकोट, जेठ २४
वडावासि स्वास्थ्यलाई ख्याल गर्दै विदुर नगरपालिका वडा नं ५ को कार्यालयले नि:शुल्क औषधि र एम्बुलेन्स सेवा सुरु गरेको छ । दीर्घ रोगि, अशक्त, असहाय र गरिव वर्गहरुलाई लक्षित गर्दै वडा कार्यालयले नि:शुल्क एम्बुलेन्स सेवा र औषधि वितरण कार्य सुरु गरेको छ ।

दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटमा ८८ वटा वडा रहेको छ । जस मध्ये विदुर नगरपालिकाको वडा नं ५ ले उक्त सेवा जिल्लामा नै पहिलो पटक सुरु गरेको छ । वडा अध्यक्ष शिव कुमार चित्रकारको सक्रियतामा वडा सदस्य र वडा कार्यालयमा कार्यरत कर्मचारीको आर्थिक सहयोगमा उक्त सेवा सुचारु गरिएको हो । आज सोमवार वडावासि राजेन्द्र नेपाली र रामशरण नेपाली लाई आवश्यक औषधि हस्तान्तरण गरेर सो सेवाको सुरुवात गरिएको छ ।

निशुल्क औषधि र एम्बुलेन्स सेवाका लागि जनप्रतिनिधि र कर्मचारीले एक महिनाको पारिश्रमिक हस्तान्तरण गरेका छन् । वडा अध्यक्ष शिव कुमार चित्रकारले रु २६ हजार ७ सय ३०, वडा सदस्यहरु सिताराम रिमाल, पातली न्यौपाने, शिव कुमाल र सिता नेपालीले रु.९ हजार ९ सय, वडा सचिव शिवहरी गजुरेलले रु ३२ हजार ४ सय ६, कर्मचारीहरु ईन्द्र भक्त डंगोलले रु २९ हजार २ सय ५, श्यामकाजी अर्यालले रु १६ हजार ८ सय ३० र सुमित्रा के.सी ले रु १३ हजार ३ सय ६५ गरि रु १ लाख ५८ हजार १ सय ३६ सो सेवाको लागि रकम हस्तान्तरण गरेका छन् ।

औषधि हस्तान्तरण गर्दै वडाध्यक्ष चित्रकारले वडामा रहेका दीर्घ रोगि, अशक्त, असहाय र गरिव वर्गहरुलाई लक्षित गरिएको कताए । नियमित रुपमा औषधि सेवन गरि रहेकाहरुका लागि नि:शुल्क औषधि र जिल्ला अस्पताल त्रिशुलि सम्म पुग्नको लागि निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिईने उनले बताए । सरकारी रकमले नभई वडाको पहलमा वडा भित्रका समाजसेवि, सहयोगि मनले दिएका रकमले उक्त सेवा संचालन गरिने भएकाले अति विपन्न र आवश्यकता भएकालाई मात्र सेवा प्रदान गरिने उनले बताए । उक्त सेवालाई आफ्नो कार्यकाल भरि संचालन गर्ने र अर्को वडाध्यक्ष आउँदा पनि त्यसले निरन्तरता पाउने बताए ।

नियमित औषधि सेवन गर्नु पर्ने र आर्थिक अवस्था कमजोर भएकाहरुका लागि वडाले गरेको उक्त कार्यले ठूलो राहत मिलेको छ । औषधिकै अभावमा अब वडावासिले ज्यान गुमाउनु पर्ने अवस्था हट्नेमा वडाका जनप्रतिनिधि देखि कर्मचारीले समेत खुसि व्यक्त गरेका छन् । सेवाको उपयोगको लागि नागरिकता वा मतदाता परिचय पत्रको प्रतिलिपि र डाक्टरको सिफरिस पत्र आवश्यक पर्नेछ ।

वडावासिकै सहयोगमा संचालन हुने उक्त सेवाको लागि सोहि कार्यक्रममै देविघाटका युवा नविन चित्रकारले रु ५ हजार सहयोग गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares