Friday, April 26
Shadow

पन्चदेवल विनाएक नगरपालिकामा कर्ण विश्वकर्माद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


  • -इ
  • इ+

काठमाण्डौँ, जेठ २२
सामाजिक काममा अत्यन्तै क्रियाशील स्वास्थ्यकर्मी कर्ण विश्वकर्माको नेतृत्वोमा पन्चदेवल नगरपालिका अछाम लाई करिव ४ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तारण गरिएको छ । कोरोना भाईरसको पहिलो लहर सुरु भएदेखि नै ठाँउ ठाँउमा स्वास्थ्य सामाग्री सहयोग गर्दै आएका विश्वकर्माले यो पटक अमेरिकामा बसोबास गर्दै आएका केहि मनकासर ब्यक्ति र सिन्धुपाल्चोक घर भई हाल काठमाडौंमा व्यावसाय गर्ने राजेन्द्र घतानी संगको सहकार्यमा नगरपालीका लाई राहत सामाग्री हस्तान्तरण गरेका हुन ।

सहिद गंगालाल अस्पताल काठमाडौंमा कार्यरत स्वास्थ्यकर्मी विश्वकर्माले पन्चदेवल नगरपालिका अछाम लाइ करिब चार लाख बराबरको कोरोना महामारीका लागि आवश्यक मेडिसिन र तीन थान कन्स्ट्रसर मेसिन,एक सय पचास पिपि सेट,बीस सेट वसिमेट,दुई हजार पिस माक्र्स,दुई हजार पिस गोलोप्स,पचास पिस भाईजर छन।

विश्वकर्माले आपतकालीन समयमा अक्सिजन उपलब्ध बनाउने , बिरामी लाई प्रत्यक्ष भेटेर परामर्श दिने र आपतमा परेकालाई आm्नै नेतृत्वोमा राहत उपलब्ध बनाउने जस्ता सामाजीक काम गर्दै आएका छन, पटक पटक विश्वकर्माले अक्षाम विनायक मा गरिव तथा दिन दुखिहरुलाई खाध्यान्न लगायतका बस्तुहरु समेत दिदै आएका छन् । आफू एक स्वास्थ्यकर्मी भएर पनि फुर्सदको समयलाई सदुपयोग गरि आफ्नो ठाउँमा सहयोगका लागि समय दियको र अवका दिनमा पनि विनायकलाई आफुले सक्ने सहयोग गर्ने विश्वकर्माले बताए ,उक्त राहत सामाग्री समेत विश्वकर्माले काठमाडौं देखि आफै अक्षाम पुगेर हस्तान्तरण गरेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares