Friday, April 19
Shadow

रक्तदानमा नुवाकोटका युवाको सक्रियता बढ्दो


  • -इ
  • इ+

नुवाकोट,जेठ २२
रक्तदानमा नुवाकोटका युवाको सक्रिय सहभागिता बढ्दै गएको छ । विश्वव्यापि महामारीको रुपमा रहेको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण जो कोहिलाई पनि रगतको अभाव नहोस् भन्ने उदेश्यका साथ नुवाकोट जिल्लामा रगत व्यवस्थापनमा क्रियाशिल संस्था Blood On Request In Nuwakot ,को आयोजना ,दाह्री ग्याङ नुवाकोट , र विदुरनगरपालिका वडा नं ७ तुप्चेमा अवस्थित श्री जन जागृती युवा क्लवको सह आयोजना ,नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

करिव २९ जना रक्तदाताहरुले स्वत : स्फुर्त रुपमा उपस्थिति भई आफ्नो अमुल्य रक्तदान गर्नुभएको सो कार्यक्रममा सम्पुर्ण रक्तदाताहरुलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको छ । एक हप्ता अगाडी मात्र आयोजक Blood On Request In Nuwakot ले प्लाज्मा र रक्तदान गरी संकलित सम्पुर्ण रगत नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र भक्तपुर पठाईयको र आज संकलित रगत पनि भक्तपुर नै पठाईने Blood On Request In Nuwakot सदस्य शुसिल अधिकारीले वताएका थिय।

विभिन्न सामाजिक कार्यमा क्रियाशिल यस संस्थावाट कोभिड १९ महामारीमा परेका वृद्व ,अशक्त ,फरक क्षमता भयका नागरिक ,एक महिला , अभिभावक गुमायका वालवालिका लागायत सुकुम्वासी ,भुमिहिन नागरिकलाई खाध्यान्नको अभाव नहोस् भनी विभिन्न स्थानमा राहत सहयोग पनि भईरहेको र आगामी दिनमा पनि राहत ,रगत ,अक्सिजन लगायतको सहज व्यवस्थापन गर्न आफुहरु लागी परिरहने संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares