Thursday, April 25
Shadow

स्वाथ्य सामाग्री खरिद गर्न १ लाख आर्थिक सहयोग गर्ने दम्पतीलाई धन्यवाद ज्ञापन पत्र


  • -इ
  • इ+

काठमाण्डौँ, जेठ १५
यतिबेला विश्वसमुदायमा फैलीएको कोरोना भाईरसले सहरमा मात्रै नभएर गाउ गाउमा समेत मान्छेमा त्रास सृजना गरेको छ ।

दिनप्रतिदिन संक्रमितको संख्या थपिदै जाने र उपचारमा विभिन्न स्वास्थ्य सामाग्री अभाव हुन थाले संगै सबै स्थानीयतह हरुले यतिबेला आ आफ्नो ठाँउबाट सहयोग अपील गरिरहेका छन , यसै अन्तर्गत पश्चिम बाग्लुङको तमानखोला गा.पा.मा पछिल्लो केहि हप्ता यता निरन्तर रुपमा संक्रमण बढेपछि स्थानीयमा त्रास सृजना भएको हो , संक्रमण दर बढे संगै उपचारमा समस्या आउने देखिएकाले गा.पा.ले सहयोग अपील समेत गरेको छ ।

बढ्दो समस्यालाई मध्यनजर गर्दै तमानखोला गा.पा. ५ खुखांनीमा आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न नगद १ लाख आर्थिक सहयोग गर्ने तुलेन्द्र सुन्चौरी र उनका दम्पतीलाई वडाले धन्यवाद ज्ञापन गरेको छ । महामारीको बेला स्थानीय बासिन्दाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आपतकालीन समयमा आर्थिक सहयोग गर्दै वडा बासिन्दाको उच्च मनोबल बनाई दिएकोमा आफुहरु निकै खुशी रहेको वडा अध्यक्ष हिरा बहादुर श्रीपालीले जानकारि दिनभयो। आर्थिक सहयोगी तुलेन्द्र दम्पती तमानखोला ५ खुंखानी निवासी हुन हाल अष्ट्रेलीया बस्दै आएका दम्पतीले यस अगाडी पनि विभिन्न सामाजीक काममा सहयोग गर्दै आएका छन ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares