संचारकर्मी अन्जु राईको “औठी सुनैको” सार्वजनिक
महेन्द्र अधिकारी ,ललितपुर, चैत्र १० । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा संचारकर्मी अन्जु राईको “औठी सुनैको” बोलको गीत सार्बजनिक भएको छ । उक्त गीतमा निकेश तामाङ्ग र तुलशा तामाङ्ग को सुमधुर स्वर रहेको छ ।
“औठी सुनैको” बोल गीतमा रमन पहाडी को लय छ भने शब्द संचारकर्मी राई को रहेको छ । यो दोहोरी भाकालाई लेकाली सामाखुशी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने सो गीतलाई मन बराल ले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज यम थापामगर ले गरेका छन् ।
कुनै पनि नेपाली लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने संचारक...









