Friday, April 19
Shadow

संचारकर्मी अन्जु राईको “औठी सुनैको” सार्वजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी ,ललितपुर, चैत्र १० । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा संचारकर्मी अन्जु राईको “औठी सुनैको” बोलको गीत सार्बजनिक भएको छ । उक्त गीतमा निकेश तामाङ्ग र तुलशा तामाङ्ग को सुमधुर स्वर रहेको छ ।

“औठी सुनैको” बोल गीतमा रमन पहाडी को लय छ भने शब्द संचारकर्मी राई को रहेको छ । यो दोहोरी भाकालाई लेकाली सामाखुशी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने सो गीतलाई मन बराल ले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज यम थापामगर ले गरेका छन् ।

कुनै पनि नेपाली लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने संचारकर्मी राई को धारणा रहेको छ ।

देबेन्द्र कुँवरको निर्देशनमा रहेको गितको म्युजिक भिडियोमा महानायक राजेश हमाल र सारिका के सी को उत्कृष्ट अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको भिडियोलाई सियोन श्रेष्ठको छायंकन, सम्पादन भने मिलन बि क ले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई राजधानी फिल्मस् च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares