Friday, April 26
Shadow

गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिइन्


  • -इ
  • इ+

काठमाडौँ , फागुन १३ । चर्चित गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधवार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् ।

अञ्जु र थिर करीब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा बिहे गरेका हुन् ।उनीहरुको बिहे समारोहमा सीमित आफन्तहरुको मात्र सहभागिता रहेको थियो ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अञ्जुले केही महिना अगाडि विभिन्न अन्तर्वाताहरुमा छोरीले विवाहका लागि दबाब दिइरहेको बताएकी थिइन् ।

प्रवण दिवसको छेकोमा अञ्जु र थीरले प्रेम सार्वजनिक गर्दै छिट्टै विवाह गर्ने बताएका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares