Wednesday, May 8
Shadow

विज्ञान र गरिमाको फिचर्डमा ‘मैना’ सार्वजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी ,ललितपुर,फागुन १४
गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको आवाजमा समावेश भएको ‘मैना’ बोलको गीत सार्वजनिक भएको छ । यूवायूवती बिचको प्रेम र आकर्षणको बिषयलाई गीतमा प्रस्तुत गरिएको छ ।

उक्त गीतको भिडियोलाइ बसन्त अधिकारीले निर्देशन गरेका छन् भने संकल्प भुजेलले खिचेका छन् । सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोलाइ कृष्ण भण्डारीले सम्पादन गरेका छन् । ‘मैना’ बोलको गीतलाई रूपा लामा र माया लामाले निर्माण गरेका हुन् भने भिडियोमा विज्ञान गजुरेल र गरिमा शर्मा फिचर्ड रहेको छ ।

विज्ञान र गरिमाको जोडी निकै सुहाएको छ । ‘मैना’ बोलको गीतको म्युजिक भिडियो एस् थ्रि के इन्टरटेन्मेन्ट को यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोले दर्शकको माया पनि बटुलिरहेको छ ।

सोही गीतको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares