Thursday, March 28
Shadow

गायक अशिम कुमार कटुवालको स्वर,शब्द र भाईरल मेनुका परियारको ‘लेकमा भेडि’


  • -इ
  • इ+

महेन्द्र अधिकारी ,ललितपुर, चैत्र ९ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा मैलिक लोक तथा दोहोरी गीत संगीतका प्यासि मनहरुका लागि भाइरल गायिका मेनुका परियार र गायक अशिम कुमार कटुवालको सुमधुर स्वरमा “लेकमा भेडि” बोलको गीत सार्बजनिक भएको छ । उक्त गीत स्थायि घर दोलखा भएर हाल काठमाण्डौमा रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका लागि जुटिरहेका अशिम कुमार कटुवालको प्रस्तुतिमा रहेको छ ।

उनले यस अगि पनि थुप्रै मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका छन् । कुनै पनि नेपाली लोक तथा दोहोरी गीतहरु सार्बजनिक गरिरहंदा मौलिकतालाई ख्याल गरिएन भने उस्को सांगितिक यात्रा गन्तब्य बिहिन हुने कटुवालको धारणा रहेको छ ।

“लेकमा भेडि” बोल गीतमा बिष्णु तामाङ्गको लय छ भने शब्द गायक स्वयम अशिम कुमार कटुवालको रहेको छ । यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने सो गीतलाई कुमार सानु पुन ले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज बिष्णु तामाङ् ले गरेका छन् ।

गितको म्युजिक भिडियोमा मनोज बुढाथोकि ‘मनु’ र आयुश्मा कार्किको अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको भिडियोलाई नारायण मगर, छायंकन सुमन तामांग र सम्पादन निर्देशन स्वयम नारायण मगरले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई अशिम कुमार युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares