Friday, March 29
Shadow

‘चुरीफुरी’मा अनमोलका डुप्लिकेट अभिषेक दर्शकमाझ आउँदै


  • -इ
  • इ+

काठमाडौँ, माघ २६ । अभिनेता अनमोल केसीको डुप्लिकेट भनेर मिडियामा चर्चामा आएका मोडल अभिषेक श्रेष्ठ अब नायकका रुपमा दर्शकमाझ आउने भएका छन् ।

ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनिरहेको फिल्म ‘चुरीफुरी’मा अभिषेकसँगै पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत कलाकारका रुपमा फाइनल भएका हुन् ।

कमेडी फ्लेभरमा निर्माण भइरहेको फिल्ममा यसअघि नै रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’, सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायत अनुबन्धित भइसकेका छन् ।

निर्देशक आचार्यका अनुसार नयाँ कलाकारहरु अडिसनबाट चयन भएका हुन् । उनले करिब ८ सय युवायुवती अडिसनमा सहभागी भएको बताए ।

आरबी मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सहनिर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । राहुल राईको छायांकन रहने फिल्ममा भीमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला, दीपक शर्माको संगीत र नवीन निरौलाको सम्पादन छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares