महेन्द्र अधिकारी ललितपुर, चैत्र ६ । पछिल्लो समयका काठ क्षेत्रका निकै चर्चित गायक तथा सर्जक हुन् दिनेश श्रेष्ठ ,उनले र्सिजना गरेका गित अहिले टिकटक देखी लिएर सामाजिक संजालमा निकै भाइरल छन् । एक पछि अर्को गरि उनले नयाँ नयाँ दर्शक श्रोताको मन मुटुमा बस्न सक्ने गित गाउने देखि लिएर र्सिजना समेत गरेका छन् ।
श्रेष्ठ गित संगित क्षेत्रमा लागेको धेरै समय भयो तर नेपालमा कोरोना भाइरस आयो सरकारले लकडाउन लगायो त्यस पछि गायक दिनेश श्रेष्ठले गायका गित र र्सिजना गरेका गित एकका एक भाइरल हुन पूग्यो । चौतर्पिm सामाजिक संजालमा देखीन लाग्यो यसरी एक पछि अर्को गरी उनले लिएर आएका गित भाइरल भए यही गितहरुको अपार सफलता पछि उनको अर्को राष्ट्रिय गित “सुन सरकार” गित पनि बजारमा सार्वजानिक भएको छ ।
अहिलेको राजनितिक घटना क्रम लाई ध्यानमा राखि व्यंग्यात्मक राष्ट्रिय गित “सुन सरकार , नेपालको राजनितिक घटना क्रम र नेताहरु माथि व्यंग्यात्मक रुपमा प्रस्तुत भएर चर्चित गायिका प्रिति आले र गायक तथा सर्जक दिनेश श्रेष्ठको आवाजमा गित बजारमा आएको हो । गितमा लय तथा शब्द श्रेष्ठको नै रहेको छ भने एरेन्ज कृष्ण लामिछाने को रहेको छ । गित रेकर्ड मंगलम् रेकर्डिङ्ग स्टुडियोमा गरिएको छ ।
“सुन सरकार” गितको भिडियोमा प्रिति आले, दिनेश श्रेष्ठ, पुण्य गौतम, शिवराम भण्डारी, दिपेन्द्र श्रेष्ठ, रुशमा सापकोटा र अन्य धेरै कालाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन प्रविन थापाले गरेका छन् भने छायाँकन नवराज घिमिरेले गरेका छन् ।
यो गीतको भिडियोलाई दिनेश श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । जुन गित टिकटकमा समेत निकै रुचाईएको पाईएको छ । बिगतका सिर्जनाले जस्तै यो सिर्जनाले पनि दर्शक श्रोताको मन जित्न सफल होस् हाम्रो ईन्टरभ्यु नेपाल को तर्फ देखि धेरै धेरै शुभकामना ।
सोही गितको म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।