Tuesday, September 26
Shadow

‘बिग बोस’को १४ औं संस्करणको विजेता बनिन् रुबिना


  • -इ
  • इ+

काठमाडौं , फागुन १० । बिग बोस सीजन १४ को उपाधि रुबिना दिलाइकले हात पारेकी छिन् । उनले ट्रफीसँगै नगद ३६ लाख भारतीय रुपैयाँ पुस्कार हात पारेकी हुन् । टेलिसिरियल ‘छोटी बहु’की कलाकार रुबिना श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् ।

फाइनलमा रुबिनासँगै राहुल वैद्य, अली गोनी, निक्की तम्बोली र राखी सावन्त पुगेका थिए । शो १४० दिनसम्म चलेको थियो । बहस, लडाई र नाटक पार गर्दै रुबिना बिजेता बनेकी हुन् ।

राखीले भने विकल्पमा दिइएको १४ लाख भारतीय रुपैयाँ लिएर शो छोडिन् । अली गोनी सबैभन्दा कम भोट प्राप्त गर्दै शोबाट आउट भए भने अन्तिम एलिमिनेसनमा निक्की बाहिरिएकी थिइन् । ‘बिग बोस’ अभिनेता सलमान खानले सञ्चालन गर्दै आएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares