नेपाल-खनाल पक्षको निष्कर्ष: भेला पनि नरोक्ने र चियापानमा पनि नजाने
काठमाडौँ , चैत २ । नेकपा एमालेको नेपाल-खनाल पक्षले चैत्र ४ र ५ गते बोलाएको कार्यकर्ताको राष्ट्रिय भेला नरोक्ने भएको छ ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा ओली पक्षसँग भएको छलफलपछि नेपाल-खनाल पक्ष यस्तो निष्कर्षमा पुगेको हो ।
आफु पक्षका सांसद र केन्द्रीय सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग भएको भेटघाटका बारेमा ब्रिफिंग गर्दै नेपाल(खनाल पक्षले राष्ट्रिय भेला पनि नरोक्ने र मंगलबार प्रधानमन्त्री ओलीले बोलाएको चियापानमा पनि नजाने निर्णय गरेको हो ।
भेलामा सहभागी एक नेताका अनुसार ओली पक्ष पार्टी एक गरेर अगाडी बढ्ने मनसायमा नरहेको निष्कर्ष निकालेका छन् ।
नेपाल(खनाल पक्षले अध्यक्ष ओलीलाई फागुन २८ गतेको निर्णय मान्न नसकिने भन्दै सर्वोच्चको फैसला अनुसार पूर्ववत स्थिति अनुसार पार्टी अगाडी बढ्नु पर्ने आफ्नो धारणा राखेको थियो ।
अध्यक्ष ओलीले भने फागुन २८ को निर्णय खारेज गर्न...








