Friday, April 19
Shadow

नेपाल–खनाल समूहले बोलायो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला


  • -इ
  • इ+

काठमाडौंं, फागुन २९ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकले आउँदो चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता भीम रावलले जानकारी दिएका छन् ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षका पदाधिकारीहरु हटाएर माओवादी केन्द्रबाट सरकारमा रहेकाहरुलगायत २३ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेपछि नेपाल–खनाल पक्ष आक्रोशित बनेको छ ।

ओलीको ‘एक्सन’ मा ‘रियाक्सन’ दिंदै नेपाल–खनाल समूहले आजै समानन्तर कमिटीहरु समेत गठन गरेको छ । नेपाल–खनाल समूहले सात वटै प्रदेशमा प्रमुख नियुक्त गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares