Tuesday, April 16
Shadow

बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन माओवादी केन्द्रको निर्देशन , २४ घण्टे स्पष्टीकरण माग


  • -इ
  • इ+

काठमाडौं , फागुन २९ । नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो ।

सरकारमा बादल गृहमन्त्री, लेखराज भट्ट उद्योगमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, मणि थापा खानेपानीमन्त्री, प्रभु साह सिँचाईमन्त्री, दावा लामा खेलकुदमन्त्री र गौरीशंकर चौधरी श्रममन्त्री छन् ।

बादल माओवादी केन्द्रको नेतृत्व गर्दै ओली सरकारमा गएका हुन् भने भट्ट माओवादीकै कोटामा मन्त्री बनेका थिए । पाँचमन्त्री भने साबिकको नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएपछि बनेका हुन् । नेकपा विभाजनमा प्रचण्ड–माधव समूह छाडेर आफूतिर आएका उनीहरुलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका हुन् ।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्यँुताएपछि माधवकुमार नेपाल समूह एमालेमै सक्रिय भएका छन्, तर बादलसहितको समूह माओवादी केन्द्रमा फर्किएका छैनन् ।

शुक्रबार एमाले अध्यक्ष ओलीले आफ्नो समूहको बैठक राखेर बादलसहितका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । यस्तै माओवादी केन्द्रको बैठकले पार्टी परित्याग नगरी एमाले अध्यक्ष ओलीले दिएको जिम्मेवारी स्वीकार गरेका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ ।

उहाँहरुले दल त्याग गर्नु भएको हो वा के हो स्पष्ट पार्न भनिएको नारायणकाजी श्रेष्ठले बताए ।माओवादीमा नफर्किए उनीहरुलाई कारबाही गर्ने माओवादी केन्द्रको तयारी छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares