Friday, April 26
Shadow

अब कम्युनिष्टहरुसँग लड्ने बेला आयो: सभापति देउवा


  • -इ
  • इ+

काठमाडौँ , फागुन २९ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुसँग लड्ने बेला आएको बताएका छन् ।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले ओलीले कम्युनिष्ट एकदलीय सर्वसत्तावाद लागु गर्न चाहेको बताउदै अहिले सबैभन्दा महत्वपूर्ण कुरा प्रजातन्त्र भएको बताए ।

उनले अहिले कसैले हटाउन नसक्ने प्रजातन्त्र स्थापना गर्नुपर्ने बताउदै उनले काँग्रेस बाहेकका पार्टी प्रजातन्त्रवादी नभएको दाबि गरे ।सभापति देउवाले काँग्रेसले सत्ताका लागि लोभ र हतार गर्नुनहुने भन्दै परिस्थिति आएमा जिम्मेवारीबाट नभाग्ने बताए ।

उनले भने,‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ । हाम्रो पार्टीले धेरै हतार गर्ने लोभ गर्ने काम पनि छैन । र परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन ।’

कार्यक्रममा देउवाले पार्टीमा महिलाको सहभागिता बढाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले महिलाहरुलाई पार्टीमा आकर्षित नगरेसम्म पार्टीले जित्न नसक्ने बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares