Thursday, May 21
Shadow

ब्यानर समाचार

ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल-खनाल भने नजाने

ओलीले बोलाए संसदीय दलको बैठक, नेपाल-खनाल भने नजाने

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले भोलि बिहान ११ बजे बैठक बोलाएका हुन् । बैठक बालुवाटारमा बस्ने एमाले नेता विशाल भट्टराईले बताए । बैठकमा सूर्य चिह्नबाट निर्वाचित सबै सांसदहरुलाई बोलाइएको छ । ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बहिष्कार गर्ने भएको छ ।...
कक्षा ११ को परीक्षाफल प्रकाशित, ७८. ६३ प्रतिशत उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा

कक्षा ११ को परीक्षाफल प्रकाशित, ७८. ६३ प्रतिशत उत्तीर्ण, यसरी हेर्नुहोस् नतिजा

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
  काठमाडौँ, चैत ४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ ।कक्षा ११ को आंशिकर ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको हो । बोर्डका अनुसार परीक्षामा सम्मिलित परीक्षार्थीमध्य ७८.६३ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । दुई जनाको परीक्षा रद्द भएको वोर्डले जनाएको छ । परीक्षामा १ लाख ६७ हजार २४१ जना परीक्षार्थी सामेल भएका थिए । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिकमको वेवसाइट र एसएसएस सेवाबाट हेर्न सकिने बोर्डले जनाएको छ । नेपाल टेलिकमको १६०० मा NEB<space>Symbol No. टाइप गरी पठाएर नतिजा हेर्न सकिने छ भने १६०१ मा फोन डायल गरी नतिजाबारे जानकारी लिन सकिने छ।...
नेपाल- खनाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु

नेपाल- खनाल समूहको राष्ट्रिय भेला आजदेखि सुरु

ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ४ । नेकपा एमालेको झलनाथ खनाल माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता९कार्यकर्ता बुधबार आइपुग्ने समूहले बताएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल नेपाल समूहले भेला गर्न लागेको हो ।...
आजको मौसमः पहाडी भेगमा हल्का वर्षाको सम्भावना

आजको मौसमः पहाडी भेगमा हल्का वर्षाको सम्भावना

ब्यानर समाचार, मौसम, समाचार, समाज
  काठमाडौँ, चैत ४ । मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशको पहाडी भू(भागहरुमा आंशिक बदली रही बाँकी भू(भूभागहरुको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बिहीबार र शुक्रबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आजको मौसमः पहाडी भेगमा हल्का वर्षाको सम्भावना चैत्र ०४ गते (बुधबार) दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । र...
संसद्ले निकास नदिए फेरि प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्छ: प्रधानमन्त्री ओली

संसद्ले निकास नदिए फेरि प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्छ: प्रधानमन्त्री ओली

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद राम्रोसँग चल्ने अवस्था नभएमा फेरि पनि संसद विघटन हुने बताएका छन् । शीतल निवासमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद्ले निकास नदिए प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताएका हुन्। उनले नयाँ जानदेशमा जानु स्वभाविक रहेको बताउँदै पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गरेका छन् ।प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने आफ्नो निर्णयलाई प्रतिगमन भनिएकोमा पनि प्रधानमन्त्रीले असन्तुष्टि जनाएका थिए । दलका नेताहरूले प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको जवाफ दिएको सुवालले बताए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने आफ्नो कदमको बचाऊ गर्दै संसद विघटन गरेर ताजा जना...
सर्वदलीय बैठकः राष्ट्रपतिले भनिन्ः दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्छ

सर्वदलीय बैठकः राष्ट्रपतिले भनिन्ः दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्छ

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् । मंगलबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा बोल्दै राष्ट्रपति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ ।’ राष्ट्रपति भण्डारीले आफू संविधानको अक्षरंश पालना गर्दै अघि बढ्ने बताएकी छन् । सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी थिए । ...
सिन्धुलीमा जिप दुर्घटना , ४ जनाको मृत्यु, ७ जना घाइते

सिन्धुलीमा जिप दुर्घटना , ४ जनाको मृत्यु, ७ जना घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार, समाज
सिन्धुली, चैत ३ । सिन्धुलीको सदरमुकामबाट कमलामाई नगरपालिका(७ बाँसकटेरी गइरहेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको प्रहरी जनाएको छ । मृत्यु हुनेहरुमा कमलामाई – ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रिता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षका छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । घाइते ७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रजिअ न्यौपानेले बताए । घाइतेमध्ये एक जना चालक रहेको पनि उनले बताए । उनीहरुको सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएकाहरुलाई काठमाडौँ पठाउन लागिएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।  ...
शीतल निवासमा आज सर्वदलीय बैठक बस्दै

शीतल निवासमा आज सर्वदलीय बैठक बस्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं, चैत ३ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज शीतल निवास ९राष्ट्रपतिको कार्यालय० मा सर्वदलीय बैठक बस्दै छ। देशमा राजनीतिक विवाद बढ्दै गएपछि छलफलका लागि राष्ट्रपतिले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई हिजै  पत्र पठाएर आज सर्वदलीय बैठकमा आउन आग्रह गरेकी हुन्। आज अपराह्न ४ बजे राष्ट्रपति भवन शीतल निवासमा आउन भनिएको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूलाई बोलाइएको छ। यसआधारमा आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, डा। बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाललगायत संसदमा प्रतिनिधित्व गर्ने दलका अध्यक्षरसभापति सहभागी हुने सम्भावना छ। दलहरूबीच विवाद बढेको तथा नयाँ सरकार...
देउवाको बेवास्ताले जसपा अनिर्णीत, ओलीलाई फाइदा

देउवाको बेवास्ताले जसपा अनिर्णीत, ओलीलाई फाइदा

ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ३ । काँग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको गठबन्धन बनाउन अग्रसरता नलिएपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि तत्कालै कुनै निर्णय नलिने संकेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाको एउटा धारले देउवालाई उनकै निवास बूढानीलकण्ठ पुगेर औपचारिक रुपमै प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि देउवाले अग्रसरता नलिएको उनीहरुको गुनासो छ । जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले गत शुक्रबार देउवालाई प्रधानमन्त्री स्वीकार्ने बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त्यसअघि नै प्रस्ताव गरिसकेका थिए । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको धारले भने अहिल्यै कसैलाई पनि समर्थन गर्न नहुने फरक धारणा राख्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन कार्यदल नै बनाएर छलफल गरिरहेका बेला का...
ओलीको योजना :  सके आफैं टिक्ने नत्र निर्वाचन

ओलीको योजना : सके आफैं टिक्ने नत्र निर्वाचन

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , चैत ३ । पार्टीको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा पुगेका छन् । पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री ओली सरकारमा टिक्ने नयाँ उपायको खोजीमा जुटेका हुन् । तीन वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समेत बदर भएपछि प्रधानमन्त्री ओली जनता समाजवादी पार्टी ९जसपा० सँगको सहकार्यमा सरकार टिकाउने रणनीतिमा छन् । तर, सरकारको नेतृत्वका विषयमा जसपाभित्र मतभेद बढ्दै जाँदा अहिलेको सरकारको पक्षमा उभिन सक्ने ओलीनिकट नेताहरुको बुझाइ छ । ठाकुरसहितको एउटा समूह र रेणु यादवसहितको अर्को पक्षलाई पनि आफूतर्फ तान्न ओली पक्ष सक्रिय रहेको निकट स्रोत...