Thursday, May 21
Shadow

ब्यानर समाचार

भावी रणनीति तय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

भावी रणनीति तय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्नका लागि विहानै स्थायी कमिटी बैठक बस्न लागेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी भित्र, बाहिर र नयाँ सरकारबारे आवश्यक छलफल गर्न बैठक बोलाएका हुन् ।बैठक अहिले बिहान ९ बजे बस्ने छ । बैठकमा नयाँ सत्ता समीकरण र एमालेमा गएका नेतालाई कारबाहीलगायतका विषयमा छलफल गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । माओवादी केन्द्रले आज बिहान बस्ने स्थायी कमिटी बैठकबाट एमालेमा गएका आफ्ना नेतालाई पार्टीमै फर्किन अन्तिम पटक आग्रह गर्ने, नमाने कारबाहीको निर्णय गर्ने तयारी पनि अगाडि बढाएको छ । शुक्रबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी कमिटी बैठक बोलाएका हुन् । अहिले संसदको अंक ग...
देउवाले सरकारको नेतृत्व लिनुपर्नेमा पार्टीका नेताहरु एकमत

देउवाले सरकारको नेतृत्व लिनुपर्नेमा पार्टीका नेताहरु एकमत

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २९ । कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा एकमत देखिएको हो। ‘कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ। ओली सरकारलाई हटाएर नयाँ सरकार गठन हुनुपर्छ भन्ने कांग्रेसको मान्यता हो’, पदाधिकारी बैठकपछि काठमाडौंमा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेशको कार्यक्रममा महामन्त्री डा। शशांक कोइरालाले भने, ‘त्यसका लागि कांग्रेसकै नेतृत्वमा सरकार बनाउन हाम्रो जोड हुन्छ। त्यो सम्भव छ कि छैन थाहा छैन।’ केन्द्रीय सदस्य गगन थापाले राजनीतिक निकासका लागि कांग्रेस नेतृत्व अपरिहार्य रहेको बताए। ‘ओलीलाई चाँडो घर पठाउनु छ। सकिन्छ भने कांग्रेसको नेतृत्वमा सरकार बनाएर केपी शर्मा ओलीले जति पनि संविधानमा भ्...
महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव,  बन्लान् त  नयाँ प्रधानमन्त्री ठाकुर ?

महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न ओलीको प्रस्ताव, बन्लान् त नयाँ प्रधानमन्त्री ठाकुर ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २९ । जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको छ । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने सुझाव राखेका थिए । सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने पार्टीका नेताहरूले जनाएका छन् । शुक्रबार बसेको संसदीय दल बैठकको अध्यक्षता ठाकुरले गरेका थिए । यद्यपि जसपाले अझै संसदीय दलको नेता चयन गर्न भने सकेको छैन । दलको नेता चयन नभएसम्म ठाकुरले बैठकको अध्यक्षता गर्ने सहमति भएको जसपाका नेताहरूले जनाएका छन् । दलको बैठकमा शरत्सिंह भण्डारी, महेन्द्र यादव, प्रदीप यादवलगायतले यसपटक पार्टी आफैं सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने धारणा राखेका थिए । ‘हामी विभिन्न विकल्पमा छलफल गरिरहेका छौं । सरकारको नेतृत्व गर्न पनि हामी तयार हु...
ओली पक्षले गरेको निर्णय नमान्ने नेपाल-खनाल पक्षको निष्कर्ष

ओली पक्षले गरेको निर्णय नमान्ने नेपाल-खनाल पक्षको निष्कर्ष

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाडौँ , फागुन २८ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले ओली पक्षले गरेको निर्णय नमान्ने निष्कर्ष निकालेको छ । ओली पक्षले शुक्रबार एक पक्षीय निर्णय गर्दै नेपाल र खनाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट मुक्त गरेपछि बसेको नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठकले सो निर्णय नमान्ने निर्णय गरेको हो । बैठकले विधान विपरित अध्यक्ष ओलीले गरेको एकपक्षीय निर्णय नमान्ने निर्णय गर्दै अब कसरी अगाडी बढ्ने भन्ने बारे फेरी छलफल गर्ने निष्कर्ष निकालेको छ । एक स्थायी कमिटी सदस्यले खरीबोटसँग कुरा गर्दै ओलीको विधान विपरितको निर्णय नमान्ने र थप छलफल पछि निर्णय गर्ने बताए । ओलीले आजै आफु पक्षका केन्द्रीय कमिटी सदस्यको बैठक बोलाएर नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेका थिए ।...
ओलीको एक पक्षीय निर्णय : महासचिवबाहेक सबै पद खारेज, पूर्व माओवादी केन्द्रका २३ नेता केन्द्रीय सदस्यमा मनोनित

ओलीको एक पक्षीय निर्णय : महासचिवबाहेक सबै पद खारेज, पूर्व माओवादी केन्द्रका २३ नेता केन्द्रीय सदस्यमा मनोनित

ब्यानर समाचार, राजनिती
काठमाडौँ, फागुन २८ । नेकपा एमालेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पद खारेज गरेको छ।शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ। अध्यक्षसमेत रहेका ओलीले आफू पक्षीय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गरेका हुन् । यसैगरी बैठकले पूर्व माओवादी केन्द्रमा रहेर ओलीतर्फ खुलेका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। बैठकले पूर्व माओवादी केन्द्र पक्षका २३ जनालाई केन्द्रीय कमिटीमा नियुक्त गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।ओली सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी लगायतका नेताहरु माओवादी केन्द्रमा नफर्की ओली पक्षमै रहने निर्णय गरेका थिए। =...
काँग्रेस-जसपा बैठक सकियो, छलफल सकारात्मक, जसपाले  राख्यो  यस्ता तीन माग

काँग्रेस-जसपा बैठक सकियो, छलफल सकारात्मक, जसपाले राख्यो यस्ता तीन माग

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन २८ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)का शिर्ष नेताहरुको बैठक सकिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको छलफलमा जसपाले राख्दै आएका तीन मागहरु राखेको जसपाका नेताहरुले बताएका छन् । आजको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले बताएका छन् । नेता ठाकुरले बैठकपछि कुरा गर्दी नागरिकता समस्या, जेलमा भएका नेता कार्यकर्ताको रिहाइलगायतमा आफुहरुका माग काँग्रेस समक्ष राखेको बताए । त्यस्तै बैठकमा प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिको निकासका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने सुझाव पनि जसपा नेताहरुले काँग्रेसलाई दिएका छन् । बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय रुपमा साझा धारणा बनाउनुपर्नेमा सहमति भएको बताउदै प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्छ भन्ने कुरा जसपाबाट आएको बताए । बैठकम...
पहिलो पटक एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

पहिलो पटक एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २८ । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइ दिएपछि एमालले केन्द्रीय कमिटी बैठकको तयारी गरेको छ । पार्टी अलग भएपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक चैत १ गते बस्ने तयारी भइरहेको नेताहरुले बताएका छन् । सर्वोच्चले एमालेलाई माओवादीबाट अलग्याए लगत्तै स्थायी कमिटी बैठक बस्ने भनेको पार्टीले पर्याप्त तयारी नपुगेको भन्दै अन्तिम समयमा बैठक स्थगित गरेको थियो । दुई धारमा विभाजित एमालेका नेताहरु एक ठाउँमा आएपछि केन्द्रीय कमिटी बैठकको तयारी गरिएको नेताहरुले बताएका छन् । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ । केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकालाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गर...
प्रधानमन्त्रीको आश्वासनपछि जसपाका नेता उत्साहित, आज थप छलफल हुँदै

प्रधानमन्त्रीको आश्वासनपछि जसपाका नेता उत्साहित, आज थप छलफल हुँदै

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकार टिकाउनका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) ले उठाउँदै आएका माग सम्बोधन गर्न सकारात्मक बनेपछि जसपाका नेता उत्साहित बनेका छन । सरकारी पक्ष र जसपाका नेताहरूबीच बिहीबार भएको दुई घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले निलम्बित सांसद रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तालाई रिहा तथा मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउनुपर्ने माग सुनुवाइका लागि आफू तयार भएको बताएका थिए । जसपासँग वार्ता गर्न सरकारी पक्षबाट गठित कार्यदलका सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीसँगको छलफल सकारात्मक भएको र आज कार्यदलस्तरमा थप गृहकार्य अघि बढाउने जानकारी दिए । आज बस्ने कार्यदल तहको बैठकले समझदारीका लागि मोडालिटीका विषयमा छलफल गर्नेछ । जसपाबाट कर्ण र सर्वेन्द्रनाथ शुक्ला कार्यदल सदस्य छन। सरकारी पक्षको कार्यदलमा नेम्वाङसँगै अर्थमन्त्र...
कोरोना खोप अभियान :  सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा

कोरोना खोप अभियान : सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं , फागुन २८ । सार्क मुलुकमा भारतले पहिलो पटक माघ ३ गते खोप अभियान सुरु गरेको थियो। त्यसपछि यो क्षेत्रमा खोप पाउनेमा दोस्रो बन्यो नेपाल। हामीकहाँ माघ १४ गते सुरु गरिएको अभियान दोस्रो चरणमा पुगेको छ। यो अवधिमा झन्डै ४।५ प्रतिशत जनसंख्याले खोप लगाएका छन्। जब कि भारतमा कुल जनसंख्याको १।४ प्रतिशत ९बुधबारसम्म०ले मात्रै लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। भारतले सुरुमा १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको थियो। भारतकै सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ नेपालीले लगाएका छन्। दोस्रो चरणमा बिहीबारसम्म ९ लाख ११ हजार ९ जनाले लगाएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा। झलक गौतमले बताए। डा। गौतमका अनुसार ‘खोप कभरेज’ कुल जनसंख्याको ४।५ प्रतिशत छ।‘खोप कभरेजमा हामी भारतभन्दा अगाडि ...
एमाले र जसपाबीच भेटवार्ता सकियो, के भयो कुराकानी ?

एमाले र जसपाबीच भेटवार्ता सकियो, के भयो कुराकानी ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन २७ । नेकपा एमाले र जसपाका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । साथै दुवै पार्टीको कार्यदल स्तरीय भेटवार्ता शुक्रबार समेत हुने उनले बताएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुबासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई सहभागी थिए । त्यस्तै जसपाबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल करण सहभागि रहेका थिए । जसपाको शीर्ष नेताहरू पूर्वप्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राईल...