Tuesday, July 27
Shadow

नेपाल-खनाल पक्षको निष्कर्ष: भेला पनि नरोक्ने र चियापानमा पनि नजाने


  • -इ
  • इ+

काठमाडौँ , चैत २ । नेकपा एमालेको नेपाल-खनाल पक्षले चैत्र ४ र ५ गते बोलाएको कार्यकर्ताको राष्ट्रिय भेला नरोक्ने भएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा ओली पक्षसँग भएको छलफलपछि नेपाल-खनाल पक्ष यस्तो निष्कर्षमा पुगेको हो ।

आफु पक्षका सांसद र केन्द्रीय सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग भएको भेटघाटका बारेमा ब्रिफिंग गर्दै नेपाल(खनाल पक्षले राष्ट्रिय भेला पनि नरोक्ने र मंगलबार प्रधानमन्त्री ओलीले बोलाएको चियापानमा पनि नजाने निर्णय गरेको हो ।

भेलामा सहभागी एक नेताका अनुसार ओली पक्ष पार्टी एक गरेर अगाडी बढ्ने मनसायमा नरहेको निष्कर्ष निकालेका छन् ।

नेपाल(खनाल पक्षले अध्यक्ष ओलीलाई फागुन २८ गतेको निर्णय मान्न नसकिने भन्दै सर्वोच्चको फैसला अनुसार पूर्ववत स्थिति अनुसार पार्टी अगाडी बढ्नु पर्ने आफ्नो धारणा राखेको थियो ।

अध्यक्ष ओलीले भने फागुन २८ को निर्णय खारेज गर्न नसकिने भन्दै यसलाई मानेर अगाडी बढ्न आग्रह गरेका थिए ।

फागुन २८ गते ओली पक्षले एक पक्षीय बैठक राख्दै माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि एमालेमा नेपाल(खनाल पक्षले समानन्तर कमिटी बनाएको छ । त्यस्तै नेपाल-खनाल पक्षले चैत्र ४ र ५ गते राष्ट्रिय भेला समेत बोलाएको छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्