Friday, April 26
Shadow

प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई फोन, भेटवार्ताको प्रस्ताव!


  • -इ
  • इ+

काठमाडौँ , चैत २ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । उनले फोनमा भेट गर्न प्रस्ताव गरेका छन् ।

सोमबार टेलिफोन गरेर प्रधानमन्त्री ओलीले प्रचण्डसँग भेट्ने प्रस्ताव गरेको माओवादी केन्द्रका एक नेताले बताए ।

यता ओलीको भेट्ने प्रस्तावलाई प्रचण्डले आफु पार्टीको बैठकमा भएको जनाकारी दिदै पछि जवाफ दिने बताएको बुझएको छ ।प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्ने नभेट्ने बारे अहिलेसम्म स्पष्ट भने नभएको बताइएको छ ।

ओली र प्रचण्डबीच पछिल्लो पटक पुस १५ गते प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न ओलीले नै फोन गरेको बेलामा भएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares