Saturday, April 20
Shadow

म्यान्मारमा सुरक्षाफौजको गोली : एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु


  • -इ
  • इ+

काठमाडौँ, चैत २ । म्यान्मारमा सैन्य ‘कु’ विरूद्धको प्रदर्शनमा सहभागीमाथि सुरक्षाफौजले गोली चलाउँदा एकै दिन कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा कम्तीमा ३८ जना प्रदर्शनकारीहरू मारिएको त्यहाँका अभियानकर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आइतबारको यो घटना फेब्रुअरी १ मा सैन्य ‘कु’ भएयताकै सबैभन्दा घातक भएको एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स ९एएपीपी०ले जनाएको छ ।

एएपीपीका अनुसार मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएका छन् भने अन्यको देशका विभिन्न भागमा मृत्यु भएको छ ।

याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको दाबी गरिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares