Tuesday, October 13
Shadow

ब्यानर समाचार 2

नेपाल तरुण दल तारकेस्वर नगर समितिले मनायो १५औं गणतन्त्र दिवस

नेपाल तरुण दल तारकेस्वर नगर समितिले मनायो १५औं गणतन्त्र दिवस

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - १५औं गणतन्त्र दिवसको अवसरमा नेपाल तरुण दल तारकेस्वर नगर पालिका वडा नं १० का उपसभापतिको संयोकतत्वमा नेपाली काग्रेस बागमती प्रदेश कार्यसम्पादन समिती सदस्य तथा महाधिवेशन प्रतिनिधी इन्द्रमान महर्जनको प्रमुख उपस्थिति मा २०६२/६३को आन्दोलनका पहिलो घाइतेहरु नेपाली काग्रेस महाधिवेशन प्रतिनिधि एंव नेपाली काग्रेसका नेता डा. केदार नरसिंह केसि , केदार तिमिल्सिना लगायत नेपाली काग्रेस काठमाडौ क्षेत्र नं ६ का महाधिवेशन प्रतिनिधि,जिल्ला सदस्य क्षेत्रीय पदादिकारी हरु नगर पदाधिकारीहरु , वडा सभापती , जनप्रतिनिधी वडा अध्यक्षहरु लगायत भातृ संगठनका क्षेत्र प्रमुख हरुको उपस्तिथि मा शुभकामना आदान प्रदान र दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको थियोे । सो कार्यक्रम मा बागमती प्रदेश कार्यसम्पादन समिती सदस्य ज्यु ले गणतन्त्र का हिमायती भन्ने हरुले नै गणतन्त्रको मर्म लाई बिर्सदै गएकोले जनतामा निराशा छाएको ...
अष्ट्रेलियामा रहेका नेपालीहरू

अष्ट्रेलियामा रहेका नेपालीहरू

जिवनसैली, टिप्स, ब्यानर समाचार, ब्यानर समाचार 2
✍🏼 -गौरव उप्रेती वर्षौंदेखि, अनुसन्धानले देखाएको छ कि ,अष्ट्रेलिया अझै पनि एसियाली विद्यार्थीहरूको लागि उपयुक्त गन्तव्य हो जसले अमेरिका र यूके जस्ता विश्व शैक्षिक दिग्गजहरू विरुद्ध प्रतिस्पर्धा गर्दछ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि, एक अष्ट्रेलियाली योग्यता वा प्रमाणीकरण प्राप्त गरिएको उच्च सम्मान गरिन्छ, र यसले तपाईंलाई प्रतिस्पर्धी बजारमा एक किनारा दिन्छ। विश्वव्यापी रूपमा, अष्ट्रेलिया विदेशी विद्यार्थीहरूको लागि तेस्रो सबैभन्दा ठूलो शैक्षिक गन्तव्यको रूपमा उभिएको छ। यसले 22,000 पाठ्यक्रमहरू र 1,100 संस्थाहरू प्रदान गर्दछ जसमा छवटा विश्वविद्यालयहरू विश्वका शीर्ष 100 मध्ये उत्कृष्ट स्थानमा छन्। साथै, अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि 3000 प्लस छात्रवृत्ति योजना अन्तर्गत 300 मिलियन लगानी गरेको छ जुन नेपाली विद्यार्थीहरूको विकासशील र ग्रामीण जनसंख्याको ला...
संघीयताको पक्षधर सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयताविरोधी देखियो : सिके राउत

संघीयताको पक्षधर सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयताविरोधी देखियो : सिके राउत

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौ - जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले माओवादी नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीयताविरोधी देखिएको टिप्पणी गरेका छन्। मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलमा उनले संघीयतालाई सबल गर्ने ठोस कार्यक्रम नदेखिएको भन्दै ‘संघीयता’ शब्दसमेत तीनपटक मात्रै उल्लेख गरिएको बताए । ‘म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयताविरोधी देखिएको छ,’ उनले भने, बुँदा नम्बर १९ मा के मात्रै  लेखिएको छ भने– वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिनेछ। त्योबाहेक यहाँ कुनै ठोस कार्यक्रम संघीयताका बारेमा ल्याएको छैन।’ सांसद राउतले प्रदेश प्रहरी, कर्मचारी समायोजनलगायत संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रूपमा सम्बोधन गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए।...
अन्नको भण्डार मानिने मधेसमा ५९ प्रतिशत बच्चामा कुपोषण किन छ : सिके राउत

अन्नको भण्डार मानिने मधेसमा ५९ प्रतिशत बच्चामा कुपोषण किन छ : सिके राउत

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेसलाई अन्नको भण्डार भनेर पढाइए पनि मधेसका ५९ प्रतिशत बालबालिका कुपोषणको शिकार भएकाे बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राउतले मधेसलाई विशेष प्रदेशका रुपमा घोषणा गरेर त्यही अनुसारको प्याकेज ल्याउनुपर्ने बताए । ‘मधेस अन्नको भण्डार भनेर पढाइन्छ, तर सबैभन्दा बढी कुपोषण मधेसमा छ । मधेसमा सबैभन्दा धेरै ५९ प्रतिशत बच्चाहरु रक्तअल्पताका शिकार भएका छन्,’ उनले भने, ‘मधेसलाई विशेष प्रदेशको रुपमा घोषणा गरी विशेष प्याकेज ल्याउनुपर्छ ।’...
इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य रोक्न प्रदीप पौडेलको माग

इन्टरनेटमा बढाउन खोजिएको अनुचित मूल्य रोक्न प्रदीप पौडेलको माग

ब्यानर समाचार, ब्यानर समाचार 2
  काठमाडौं। प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै रोक्न माग गरेका छन् सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको उनको भनाइ छ ।...
कपिलवस्तुका उखु किसानले ८ बर्ष देखि भुक्तानी पाएन – मेयर अजय थापा सहित माइतिघर मण्डलामा धर्नामा

कपिलवस्तुका उखु किसानले ८ बर्ष देखि भुक्तानी पाएन – मेयर अजय थापा सहित माइतिघर मण्डलामा धर्नामा

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं - उखु किसान बिगत ९ बर्षदेखि सडकमा सरकार मौन आखिर कहिलेसम्म ? कपिलवस्तु जिल्लाबाट बिगत ३ दिनदेखी माइतीघर मण्डलामा सान्तिपुर्ण आन्दोलनमा हुनुहुन्छ उहाँहरुको भनाई हामीले ९ बर्ष मात्र बोल्यौ अब सरकार सुन्दैन भने हामी अर्को बाटो अप्नाउन तयार हुनेछौ । आखिर कहिलेसम्म मौन बस्ने किसानको पीडा कसले सुन्ने । किसानलाई साथ दिन शिबराज नगरपालिका प्रमुखको पनि उपस्तिथि थिए , उहाँ भन्नुहुन्छ म जहिल्यै जनताको साथमा छु यो समस्या मात्र उखु किसानको नभएर समग्र किसानको लागि सदैव तयार रहेको बताउनु भयो । सोही अवसरमा ७ नम्बर वडाका वडा अध्यक्षको पनि उपस्थित थियोकपिलवस्तुका उखु किसानहरू यति बेला काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्। सरकारले दिनुपर्ने साढे २ करोड रकम भुक्कानी मिल मालिकले पाए पनि आफूहरूले नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। आव २०७१/०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले द...
पूर्वाधार विकास समितिकाे पहिलो बैठकमा माननीय प्रदीप पौडेल द्वारा  १७ वटा प्रस्ताव

पूर्वाधार विकास समितिकाे पहिलो बैठकमा माननीय प्रदीप पौडेल द्वारा १७ वटा प्रस्ताव

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ - पूर्वाधार विकास समितिकाे पहिलो बैठकमा माननीय प्रदीप पौडेल ज्यूले विचार राख्दै नेपाल सरकार अन्तर्गतका मन्त्रालयले बनाउने नीति निर्माण तथा कार्यक्रममा निम्न विषयमा आफ्नो सुझाव प्रस्ताव गर्नुभएको छ । १, सरकारले आगामी निति तथा कार्यक्रममा भौतिक पुर्वाधार प्राधिकरणको व्यवस्था गर्नुपर्ने । २. उपत्यका विकासका लागि अधिकार सम्पन्न उपत्यका पूर्वाधार विकास प्राधिकरणको व्यवस्था गर्नुपर्ने । ३, योजना निर्माण र कार्यान्वयन गर्दा संघिय मन्त्रालयहरू बिचमा अनिवार्य समन्वय हुनुपर्ने । ४, काम कारवाही र नीति निर्माणका सवालमा संघ, प्रदेश र स्थानीय तह बिचमा डुब्लीकेशन हुने वा रहने अवस्थाको अन्त्य गरिनुपर्ने । ५. योजना कार्यान्वयनका सवालमा समयमा काम सम्पन्न नगर्ने, लागत बढाउने, अलपत्र वा भद्रगोल अवस्थामा राख्नेलाई कडा कारवाहीका लागि कानुनी व्यवस्था गरिनुपर्ने । ६. पूर्वाधार विकासमा सुशासन कायम गर...
लेखनाथमा : अनन्त यात्रा” को परिचर्चा

लेखनाथमा : अनन्त यात्रा” को परिचर्चा

ब्यानर समाचार, ब्यानर समाचार 2, साहित्य/कला
भद्रपुर - लेखनाथ पुुस्तकालय चन्द्रगढीको नियमित कार्यक्रम सुकबारे भेलामा उपन्यासकार माधव विडारीको " अनन्त यात्रा" उपन्यास कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। अग्रज साहित्यकार चूडामणि रेग्मीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा साहित्यकार राजेन्द्र कुमार सङ्ग्रौला र गीतकार तथा साहित्यकार दिनेस अधिकारीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा साहित्यकारहरु केशव आचार्य, घनेन्द्र शर्मा, तीर्थराज चापागाईँ,डाक्टर ठाकुर प्रसाद पोखरेल, दयाराम उप्रेती, तारा विविध, राजेन्द्र चापागाईँ,अनिरुद्र सिटौला, उषा गुरुङ, नवराज घिमिरे, कृष्ण सुवेदी निराकार, होम सुवेदी, गंगाराम ढुङ्गेल, भीमनाथ कोईराला, उमानाथ पोखरेल, राजेन्द्र कश्यप अधिकारी, गोविन्द कोईराला, महेन्द्र भट्टराई, आरती पोखरेल, खगिन्द्रा खुसी,तुलसी काफ्ले, कुमार पोखरेल, आनन्द घिमिरे , टोपलाल ज्ञवाली, मीना अधिकारी, गायक अर्जुन खरेल,जमुना खनाल , पत्रकारद...
राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालको प्रथम महाधिवेशन काठमाडौंमा सम्पन्न

राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालको प्रथम महाधिवेशन काठमाडौंमा सम्पन्न

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
  काठमाडौं । राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालको प्रथम महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनबाट भन्सार एजेन्ट श्री भोलानाथ अर्यालको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्षमा नवीन महतो, महासचिवमा समीर विष्ट, सचिवमा सोमनाथ खडाल, कोषाध्यक्षमा सुदिप कार्की सदस्यहरूमा क्रमशः सुमन तिमिल्सिना, दीपेन्द्र रिजाल, विकास भण्डारी, मनिष कुमार यादव, कपिल सत्याल, हुकुम सिंह शाह, सन्तोष गौतम, दीपेन्द्र प्रसाद भट्ट, नानुमैया कटवाल, सिर्जना सिंह निर्वाचित भएका छन् । भन्सार एजेन्ट संघका संस्थापक अध्यक्ष श्री कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो महाधिवेशनमा विशेष अतिथिको रूपमा नेपालमा पहिलो भन्सार सम्बन्धी विषयमा विद्यावारिधि गर्ने श्री डा. गौतम महर्जन रहनुभएको थियो भने प्रमुख निर्वाचन अधिकृत अधिवक्ता श्री विक्रम भण्डारीले निर्वाचन ...
सभामुखले राखेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र शेर बहादुर देउवा अनुपस्थित

सभामुखले राखेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र शेर बहादुर देउवा अनुपस्थित

ब्यानर समाचार, ब्यानर समाचार 2
काठमाडौं । सभामुख देवराज घिमिरेले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बोलाएको शीर्ष नेताको बैठक स्थगित भएको छ । आज बिहान ९ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएको हो । बैठकका लागि एमाले सचेतक महेश बर्तौला र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल भने बालकोट पुगेका थिए । प्रधानमन्त्रीले बैठक नबस्ने जानकारी ९ः१५ तिरमात्रै गराएको बर्तौलाले जानकारी दिए । संसद्मा विचाराधीन महत्वपूर्ण विधेयक, संयुक्त समिति निर्माणलगायत विषयमा शीर्ष नेताहरूबीच छलफल भएर अगाडि बढ्नुपर्नेमा सत्तापक्ष नै गम्भीर नभएको बर्तौलाको आरोप छ । शुक्रबार बोलाइएको बैठक पनि स्थगित भएको थियो । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रचण्ड र देउवाले दुई दिनपछि बस्ने गरी स्थगित गर्न आग्रह गरेका थिए । १ गतेको बैठक केपी शर्मा ओलीज...