Thursday, March 28
Shadow

कपिलवस्तुका उखु किसानले ८ बर्ष देखि भुक्तानी पाएन – मेयर अजय थापा सहित माइतिघर मण्डलामा धर्नामा


  • -इ
  • इ+

काठमाडौं – उखु किसान बिगत ९ बर्षदेखि सडकमा सरकार मौन आखिर कहिलेसम्म ?
कपिलवस्तु जिल्लाबाट बिगत ३ दिनदेखी माइतीघर मण्डलामा सान्तिपुर्ण आन्दोलनमा हुनुहुन्छ उहाँहरुको भनाई हामीले ९ बर्ष मात्र बोल्यौ अब सरकार सुन्दैन भने हामी अर्को बाटो अप्नाउन तयार हुनेछौ । आखिर कहिलेसम्म मौन बस्ने किसानको पीडा कसले सुन्ने ।
किसानलाई साथ दिन शिबराज नगरपालिका प्रमुखको पनि उपस्तिथि थिए , उहाँ भन्नुहुन्छ म जहिल्यै जनताको साथमा छु यो समस्या मात्र उखु किसानको नभएर समग्र किसानको लागि सदैव तयार रहेको बताउनु भयो ।
सोही अवसरमा ७ नम्बर वडाका वडा अध्यक्षको पनि उपस्थित थियोकपिलवस्तुका उखु किसानहरू यति बेला काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्।

सरकारले दिनुपर्ने साढे २ करोड रकम भुक्कानी मिल मालिकले पाए पनि आफूहरूले नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

आव २०७१/०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म कपिलवस्तुका करिब ८ हजार किसानले आफ्नो उखुको मूल्य नपाएको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए।

किसानहरूले मिल सञ्चालक आफ्नो उखुको मूल्य माग गर्दा नदिने भएपछि आफूहरू काठमाडौं आएको किसानहरूले बताएका छन्।

कपिलवस्तुबाट ३ दिनअघि काठमाडौं आएको उखु किसान माइतीघर सडकमै बस्दै आएका छन्।

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको महालक्ष्मी सुगर्स मिलले पैसा माग्न जादाँ सरकार दिने भन्ने र सरकारले मिल सञ्चालकले लगेको छ भनेर अल्मलाइरहेको किसान बताउँछन।

उखु बेचेको ८ वर्ष पूरा भए पनि किसानले पैसा नपाएको गुनासो गरेका छन्। किसानलाई साथ दिन कपिलवस्तु क्षेत्र नम्बर ४ बाट सांसद मंगलप्रसाद गुप्ता, शिवराज नगरपालिका नगर प्रमुख अजय थापा र शिवराज ३ का वडाध्यक्ष टेकलाल सापकोटा समेत उखु किसानसँगै माइतघरमा एकवद्धता व्यक्त गर्न आएका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares