तारकेश्वर सामुदायिक विद्यालय समितिकाे २८ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं - तारकेश्वर सामुदायिक विद्यालय समितिकाे २८ औं वार्षिक साधारणसभा यही असार २९ गते भानु जयन्तीको अवसर पारी भव्य रुपमा सम्पन्न भएकाे छ । सचिब राजु नेपालकाे सञ्चालनमा, समितिका अध्यक्ष कृष्णप्रसाद ओझाको अध्यक्षता रहेको थियो ।
नगर प्रमुख कृष्णहरी महर्जनकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा काेषाध्यक्ष अर्जुल फुयालले आर्थिक प्रतिवेदन, लेखा समितिका तर्फबाट लेखा सदस्य हाेमनाथ अंगाईले लेखा समितिकाे प्रतिवेदन एवं अध्यक्ष कृष्णप्रसाद ओझाले आगामी वर्षकाे नीति तथा कार्यक्रम सभामा पेश गरेका थिए ।
नगर प्रमुख कृष्णहरि महर्जनले शिक्षा आफ्नाे विशेष प्राथमिकताकाे क्षेत्र रहेकाे जानकारी गरनउदै बजेटकाे कमि हुन नदिने बताए । विशेष अतिथिका रुपमा आमन्त्रित शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख नन्दलाल पाैडेलले शिक्षण पेशा संसारमानै उतकृष्ठ रहेकाे बताउदै यसलाई मर्यादित बनाउन जाेड दिए ।
तारकेश्वर ...








