काठमाडौं– जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेसलाई अन्नको भण्डार भनेर पढाइए पनि मधेसका ५९ प्रतिशत बालबालिका कुपोषणको शिकार भएकाे बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राउतले मधेसलाई विशेष प्रदेशका रुपमा घोषणा गरेर त्यही अनुसारको प्याकेज ल्याउनुपर्ने बताए ।
‘मधेस अन्नको भण्डार भनेर पढाइन्छ, तर सबैभन्दा बढी कुपोषण मधेसमा छ । मधेसमा सबैभन्दा धेरै ५९ प्रतिशत बच्चाहरु रक्तअल्पताका शिकार भएका छन्,’ उनले भने, ‘मधेसलाई विशेष प्रदेशको रुपमा घोषणा गरी विशेष प्याकेज ल्याउनुपर्छ ।’