Saturday, May 18
Shadow

भन्सार एजेन्ट प्रतिनिधीद्वारा आन्दोलनका कार्यक्रम घाेषणा


  • -इ
  • इ+

काठमाडौ – नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधयकमा भन्सार ऐन संशोधन गरि भन्सार एजेन्टका प्रतिनिधिहरु हटाएको विराेधमा देशै भरि रहेका ३०० भन्दा बढी भन्सार एजेन्टका प्रतिनिधिहरुले प्रेस विज्ञप्ति जारी गरि असार १० गते आईतबारदेखि भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिने लगाएतका चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम घाेषणा गरेका छन्।

भन्सार एजेन्ट प्रतिनिधि संघ संघर्ष समितिका संयाेजक खड्ग बहादुर कार्कीका अनुसार भन्सार ऐन २०६४ को दफा ५१ मा भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धि व्यवस्थाको उपदफा १ मा “निकासी वा पैठारी हुने मालबस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसंग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रूपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्ने छ।” भन्ने व्यवस्थालाई संशोधन गरि सो को सट्टा “निकासी वा पैठारी हुने मालबस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसंग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा काम गर्न चाहने व्यक्तिले विभागबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्ने छ“ भन्ने व्यवस्था गरेको छ ।सो उपदफा १ को आधारमा भन्सार नियमावली २०६४ को नियम ३७ मा भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्थाको उपनियम ९ मा भन्सार एजेन्टले बढिमा २ जना व्यक्तिलाई आफ्नो प्रतिनिधिको रुपमा नियुक्त गर्न सक्ने व्यवस्था गरेको थियो । यो व्यवस्था आर्थिक विधयक संगसंगै लागु भएको छ । यस व्यवस्थाले देशै भरि रहेका ३०० भन्दा वढि भन्सार एजेन्टका प्रतिनिधिहरुकाे राेजगारी गुमेकाे छ। संयाेजक कार्कीले भन्सार विभाग र अर्थ मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण र ज्ञापनपत्र बुझाएपछि पनि कुनैपनि सुनुवाइ नभएकाेले हामीहरु बाध्य भई आन्दोलन गर्नु परेकाे र हाम्रो माग पूरा नभएसम्म आन्दोलन गर्छाैं भनेर भन्नुभयाे।
संघर्ष समितिले भन्सार एजेन्टका प्रतिनिधि हरुले पुनः काम गर्न पाउनुपर्ने र बर्षैदेखि काम गरि रहेका प्रतिनिधिहरुलाई भन्सार एजेन्टकाे ईजाजतपत्र वितरण गर्नुपर्ने लगायतका माग राखेर संर्घषका कार्यक्रम प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेकाे छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares