Thursday, March 28
Shadow

छुवाछूत मुक्त नारा दिने नेताका घरमा दलितका छोरिहरुलाइ बुहारी बनाएका छन त ! – डा. अम्बरिश पोख्रेल


  • -इ
  • इ+

काठमाडौं । मौसमविद् एवं समसामयिक बिषयका विश्लेषक डा. अम्बरिश पोखरेलले दलित अधिकारका पक्षमा चर्को कुरा गर्ने र आफूलाई कम्युनिष्ट हुँ भन्ने नेताहरुले नै दलितका छोरीहरुलाई बुहारी बनाउने र आफ्नो छोरीको विवाह दलितका छोरासँग गराउने आँट नगरेको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले समानताका कुरा गर्ने कम्युनिष्ट नेताहरुले त्यसो गर्न सक्दा मात्रै समाज परिवर्तन गर्न सहयोग पुग्ने बताउँदै तर त्यस्तो गर्न कम्युनिष्ट नेताहरुले आँट नगर्ने गरेको बताएका छन् ।

डा. पोखरेल भन्छन्ः
१. कति जना बाहुन क्षेत्री वर्गका ठूला कामरेडहरुले आफ्ना छोरीहरूको विवाह (खुसीसाथ) परियार, विश्वकर्मा, चमार, गंन्धर्व, सुनुवारदेखि तराईका मूसहरका छोराहरुसँग गराउनु भएको छ ? कसैसँग यसको उत्तर छ ? । अपवाद पनि भेटाउन गार्हो छ होला शायद ।

२. कति जना ठूला कामरेडहरूका घरमा परियार, विश्वकर्मा, चमार, गंधर्व, सुनुवारदेखि तराईका मूसहरका छोरीहरू बुहारीहरुको रूपमा भित्रिएका छन् ? छैनन् शायद ।

३. अझ आफूले आफूलाई बहुत प्रगतिशील ठान्ने वा आफै प्रगतिशील घोषणा गरेका तिनै ठूला कामरेड का कथित कार्यकर्तालाई हेरौं, सोधौँ तिनीहरू त झन् निम्नस्तरको सोचाइ राख्छन् खासमा । तिनीहरूले झन् त्यो कुरा सोच्न समेत सक्दैनन् । यो बहुत अचम्मको कुरा छ । उनीहरूले त सर्वप्रथम जात केहो त्यो हेर्छन् अनि कुन केटीको बाबुले कति अकुत सम्पत्ति आर्जन गरेको छ, त्यो खोजी गर्छन् अनि मात्र बिहे ।

४. तर मुखले, भाषणले र लेखहरूमा बहुत आदर्श देखाएर आफूलाई ठूलो मात्रामा जात पात विरोधी रहेको कुरा गर्दछन् । खासमा उनीहरूले यस्तै प्रकारका एनजीओहरु चलाइरहेका हुन्छन् । दलित तथा जनजातिको नाममा ठगिरहेका हुन्छन् ।

५. खोक्रा आदर्श देखाएर दलितका नाममा सानादेखि ठूला कमरेडहरुको सफेद झुटो राजनीति चल्ने गरेको कुरा कम्तीमा पनि हामी चुच्चे नाकधारी बाहुन क्षेत्रीहरुलाई स्पष्ट थाहा छ । तिमी दलितहरुले कहिलेसम्म बोकी हिड्छौ हामी बाहुन क्षेत्री नेतालाई ?

६. रुकुम चौरजहारीको घटनामा पूर्वदेखि पश्चिमसम्मका जति पनि कामरेडहरुको रुन्चे स्वरको नाटक छ, त्यो सबै गोहीको आँशु हो । सिर्फ गोहीको आँशु हो । आउँदा दिनहरूमा दलित आदिवासी तथा जातजातिका नाममा झुटो राजनीति गरेर आफूले सधैं भरी सत्ताको चास्नी पिउने कुचाल मात्र हो ।

७. यसैले नेता, पार्टी, सरकार कसको हो भनेर नहेरौं, उनीहरूले जात जातीप्रति कस्तो व्यवहार गरिरहेका छन् त्यो प्रमुख हो । व्यवहार एकातिर छ, तर देखाउने सुनाउने आदर्श अर्कोतिर छ ।

८. कम्तिमा पनि सार्वजनिक स्थलहरूमा जस्तै मठ मन्दिरहरुमा, स्कूल कलेजदेखि सार्वजनिक उत्सव तथा भोजहरुमा यो विभेदको अन्त्य गर्नु जरुरी छ ।

८. देश सम्पन्न नभएसम्म यो प्रकारको विभेद गहिरो गरेर बसिरहने छ, मेट्न खोजेर मेटिदैन पारिवारिक स्तरसम्म । एउटा दुःखद कुरा के छ भने, अझ नेताहरुको भित्री मनबाट त मेटाउनु हुँदैन भन्छन् ताकि राजनीति चलाउन पाइयोस् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares