प्रहरी द्वारा रबि लामिछानेको राहदानी छानबिन सुरु
रवि लामिछाने गृहमन्त्री भएपछि रोकिएको उनको राहदानी छानविन प्रक्रिया पुन: शुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता अवैध ठहर गरेसँगै सांसद र गृहमन्त्री पद गुमाएपछि प्रहरीले छानविन सुचारु गरेको हो ।
यसमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अहिले डिटेलमा बुझ्ने काम भैरहेको छ भने आवश्यक कागजात संकलन गर्न थालिएको छ । लामिछानेको अमेरिकी पासपोर्टका सम्बन्धमा अमेरिकालाई सोधिएकोमा उताबाट जवाफ नआएकाले छानविन प्रभावित भएको ती प्रहरी अधिकारीले बताए ।
उनका अनुसार दुई महिनाअघि नै परराष्ट्र मन्त्रालयमार्फत लामिछानेले कुन मितिमा पासपोर्ट प्राप्त गरेको र कहिले परित्याग गरेको समग्र विवरण मागिएको थियो । तर,अहिलेसम्म अमेरिकाले जवाफ दिएको छैन । परराष्ट्रले यहाँस्थित अमेरिकी दूतावासलाई भनेर वा सिधै अमेरिकी विदेश मन्त्...









