Monday, May 6
Shadow

स्वास्थ्य

हावाको माध्यमबाट तिब्र फैलन सक्ने कोरोनाको नयाँ भेरियन्ट पहिचान

हावाको माध्यमबाट तिब्र फैलन सक्ने कोरोनाको नयाँ भेरियन्ट पहिचान

अन्तर्राष्ट्रिय, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ १५ बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतपछि भियतनाममा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट पहिचान भएको छ। भियतनामका स्वास्थ्य मन्त्री विएन टान लान्गले शनिबार कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको बताएको बीबीसीले जनाएको छ। यो नयाँ भेरियन्ट भारत र बेलायतमा पाइएको भेरियन्टको मिल्दो जुल्दो रुप भएको र हावाको माध्यमबाट पहिलाका भेरियन्ट भन्दा तिब्र गतिमा फैलने बताइएको छ। भियतनाम ति केही देशमा पर्छ जो गत वर्ष कोरोना भाइरसलाई फैलनबाट रोक्न सफल भएको थियो तर अहिले त्यहाँ कोरोना महामारी तिब्र गतिमा फैलिरहेको छ र स्थितिलाई नियन्त्रणमा लिन सरकारलाई निकै मेहनत गर्नु परिरहेको छ।...
काँग्रेस नेता शेरचनको सक्रियतामा चार लाख मुल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण

काँग्रेस नेता शेरचनको सक्रियतामा चार लाख मुल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, जेठ १२ बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका निम्ती करिब चारलाख रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको छ । कोभिड १९ रोकथाम र व्यवस्थापनका निम्ती नेपाल ह्यारीटेज च्यारीटी फाउन्डेशन अफ विसी क्यानडाका अध्यक्ष देवेन्द्र मल्लको आर्थिक सहयोग तथा नेपाली काँग्रेसका नेता जित शेरचन र काठमान्डौमा वस्दै आउनुु भएका समाजसेवी विपिन मल्लको सक्रियतामा खरिद गरीएको स्वास्थ्य सामाग्रि नगरप्रमुख देवकुमार नेपाली र स्वास्थ्य कर्मिको रहोभरमा नेता जित शेरचनले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कोभिड १९ व्यवस्थापनमा तत्काल आवस्यक पर्ने अक्सिजन कन्सन्टेटर मेशिन ३ थान, अक्सिमिटर २५ पिस, माक्स चार हजार पिस, सेनिटाईजर २० लिटर, सिटामोट ८ सय स्टिक र आइसोलेशनका निम्ती १५ थान तन्दा गरी करिब चारलाख रुपैयाँको स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको शेरचनले बताउनु भयो । अझैपनी स्...
कोरोना महामारीमा २३ जनाले गरे रक्तदान

कोरोना महामारीमा २३ जनाले गरे रक्तदान

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
रामेश्वर गजुरेल/नुवाकोट, जेठ १२ विश्वव्यापि महामारीको रुपमा रहेको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण जो कोहिलाई पनि रगतको अभाव नहोस् भन्ने उदेश्यका साथ ब्लड अन रिकोएस्ट इन नुवाकोटले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । ”रक्तदान जिवनदान ” भन्ने उदेश्यका साथ नुवाकोट ,रसुवा ,र धादिङ तथा काठमाडौंमा रहेका विरामीहरुलाई स्वत स्फुर्त रुपमा आफ्नो अमुल्य रगत दान गरेर धेरै जनाको जिवन वचाउने जुझारु व्यक्तिहरुको संस्था ब्लड अन रिकोएस्ट इन नुवाकोटको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ । नेपालमा फैलदो कोभिडको महामारी वाट छिटो निको हुने गरी प्लाज्माथेरापी पद्दतिवाट संक्रमितको उपचार सफल भईरहेको अवस्थामा देशभर प्लाज्माको अभाव हुनु , नुवाकोटमा कोभिड जित्नेको उच्चतम संख्या रहेकोले यस रक्...
पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख बढि रकम सहयोग गरे

पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख बढि रकम सहयोग गरे

आर्थिक, ब्यानर समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, जेठ १२ पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूले रवि लामीछाने फाउण्डेशनलाई चार लाख छपंन्न हजार सात सय उनाननव्य रुपैँया सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रूपमा फैलीएको नया भेरियन्टको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण तथा मृत्युदर समेत बढ्दै गईरहेकाले उक्त समयलाई मध्ये नजर गर्दै एन।आर।एन पोर्चुगलकी उपाध्यक्ष नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ (शिवानी) को पहलमा पोर्चुगलमा बसोवस गर्ने नेपालीहरूको सहयोगमा काठमाण्डौँ महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजाल ,सृजना बुर्लाकोटी ,सुशील भट्ट लगाएतको उपस्थितिमा बुधबार सामाजिक अभियान्ता एंव पत्रकार रवि लामीछानेको टिमलाई रु ४,५६,७८९ (चार लाख छपंन्न हजार सात सय उनाननव्य) चेक हस्तान्तरण गरियो छ । ...
१२ गते नुवाकोटमा रक्तदान कार्यक्रम हुने

१२ गते नुवाकोटमा रक्तदान कार्यक्रम हुने

टिप्स, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
रामेश्वर गजुरेल,नुवाकोट ''रक्तदान जिवनदान '' नुवाकोट ,रसुवा ,र धादिङ तथा काठमाडौंमा रहेका विरामीहरुलाई स्वत स्फुर्त रुपमा आफ्नो अमुल्य रगत दान गरेर धेरै जनाको जिवन वचाउने जुझारु व्यक्तिहरुको संस्था Blood on Request in Nuwakot को आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा आमागी जेठ १२ गते रक्तदान कार्यक्रम आयोजना हुन लागेको हो । नेपालमा फैलदो कोभिडको महामारी वाट छिटो निको हुने गरी प्लाज्माथेरापी पद्दतिवाट संक्रमितको उपचार सफल भईरहेको अवस्थामा देशभर प्लाज्माको अभाव हुनु , नुवाकोटमा कोभिड जित्नेको उच्चतम संख्या रहेकोले यस रक्तदान ( प्लाज्मा) कार्यवाट काठमाडौंमा विभिन्न जिल्लावाट कोभिड संक्रमित भई उपचारको लागी प्लाज्माको खोजिमा भौतारीरहनुभएकालाई केहि राहत मिल्ने विश्वास रहेको आयोजकको भनाई रहेको छ । सो रक्तदान कार्यमा कोभिड संक्रमण भई निको हुनु भ...
ब्लड अन रिकोएस्ट इन नुवाकोटद्वारा सुरक्षाकर्मिलाई पिपिई सेट हस्तान्तरण

ब्लड अन रिकोएस्ट इन नुवाकोटद्वारा सुरक्षाकर्मिलाई पिपिई सेट हस्तान्तरण

ब्यानर समाचार 2, समाचार, समाज, स्वास्थ्य
रामेश्वर गजुरेल/नुवाकोट,जेठ १० सामाजिक कार्यमा नुवाकोट जिल्लामा अग्रणी अवस्थामा रहेको रक्तदाताहरुको साझा सस्था  Blood on Request in Nuwakot द्वारा यस अघि कोभिड महामारीमा नुवाकोट जिल्लामा कार्यरत सुरक्षाकर्मि शसस्त्र प्रहरी ,नेपाल प्रहरी लाई फेस सिल्ड , मास्क ,सेनिटाईजर प्रदान गरेका थिय भने आज कोभिड १९ संक्रमित भई मृत्युवरण गरेका मृतकहरुको शब व्यवस्थापन कार्य गरिरहनुभएका नेपाली सेनालाई शव व्यवस्थापनमा अत्यावश्यक पिपिई सेट हस्तान्तरण गरेका छन् । आफु सँग सँगै सुरक्षाकर्मि पनि सुरक्षित तवरले यो महामारीमा सकारले दिएको जिम्मेवारी पुरा गर्न सुरक्षित रहुन,कार्यक्षेत्रमा जनतावाट प्राप्त हौसला र सहयोगले सुरक्षाकर्मिको मनोवल उच्च होस् भन्ने मनसायले सामाग्री हस्तान्तरण गरिएको Blood on Request in Nuwakot ले बताएको छ । महामारीमा आफु पनि जोगिउँ ,अरुलाई पनि जोगाउँ , रक्तदान जिवनदान भन्ने मुल सिद्वा...
संक्रमण बढे संगै ककनी ३ को वडा कार्यालय आसपासमा निषेधाज्ञा थप कडाइ

संक्रमण बढे संगै ककनी ३ को वडा कार्यालय आसपासमा निषेधाज्ञा थप कडाइ

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, जेठ ४ कोरोना भाईरस अर्थात कोभिड १९ को दोस्रो लहर विश्वव्यापी रुपमा चलिरहेको छ । नेपालमा पनि संक्रमण दर र मृत्यु दर दिन प्रतिदिन बढि रहेको छ । सोहि क्रममा नुवाकोटमा पनि सक्रिय संक्रमितको दर बढ्दो क्रममा रहेको छ । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटमा सबै स्थानिय तह प्रभावित भएको छ । त्यस्तै ककनी गाउँपालिका वडा नं ३ मा एकै दिन १४ जनालाई कोरोना संक्रमण भए संगै निषेधाज्ञा कडाई गरिएको छ । वडा कार्यालय रहेको ढोकाभज्याङ क्षेत्र सिल गरिएको वडाध्यक्ष घननाथ बजगाईले बताएका छन् । संक्रमणले विकराल रुप लिईरहेको छ । संक्रमितहरु बढे संगै अस्पतालहरु सबै भरिएका छन् । अक्सिजन नपाएर मानिसहरु अस्पतालको बेडका छटपटाएर मृत्यु भईरहेको छ । त्यसैले सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण पालना गरेर आफू सुरक्षित हुनुनै कोरोना संक्रमण बाट टाडा रहने उपाय हो । दिनहुँ कोरोना...
कोरोना भाइरसविरूद्ध औषधी बनाएको भारतको दाबी, रक्षामन्त्रीले गरे सार्वजनिक

कोरोना भाइरसविरूद्ध औषधी बनाएको भारतको दाबी, रक्षामन्त्रीले गरे सार्वजनिक

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाज, स्वास्थ्य
एजेन्सी नयाँ दिल्ली, जेठ ३ भारतले कोरोना भाइरसविरूद्धको औषधी बनाएको दाबी गरेको छ। सोमबार भारतका रक्षामन्त्री राजनाथ सिंहले एक कार्यक्रममार्फत् कोरोना भाइरसविरूद्धको औषधिको सार्वजनिक गरेका हुन्। कोरोनाविरूद्धको २- डिओक्सी-डि-गुल्कोज (२-डिजी) नामक औषधी डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ) र डा. रेड्डीज मल्टिनेसनल फर्मास्युटिकल कम्पनी (डिआरएल)ले बनाएको हो। 'डिआरडिओ एवं डिआरएलद्वारा तयार गरिएको औषधि कोभिडका लागि सिद्ध हुन्छ। यो हाम्रो देशको वैज्ञानिक दक्षताको ठूलो उदाहरण हो,' रक्षा मन्त्री सिंहले कार्यक्रममा भने,'यो औषधीबारे म यही भन्न चाहन्छु कि यो आशाको नयाँ किरण हो।' यो औषधी प्रयोग गरेमा कोरोना भाइरसका संक्रमित छिट्टै निको हुने गरेको उनले विश्वास छ। अरू उपचारको तुलनामा यो औषधी प्रयोग गर्ने संक्रमित साढे दुई दिन अघि नै निको हुने कुरा आफूलाई जानकारी गराइएको उनले बत...
आफ्नो रगत दिएर अरुको ज्यान बचाउनेको गाडि प्रहरी नियन्त्रणमा

आफ्नो रगत दिएर अरुको ज्यान बचाउनेको गाडि प्रहरी नियन्त्रणमा

मुख्य समाचार, समाज, स्वास्थ्य
रामेश्वर गजुरेल ,नुवाकोट आफ्नो रगत दिएर अरुको ज्यान बचाउने युवाहरुलाइ नुवाकोट प्रहरीले दुर्ब्यावहार गरेको छ । ब्लड अन रिकोएस्ट इन नुवाकोट नामक सस्थामा आबद्ध युवाहरू लाई प्रहरीले दुरब्याहार गरि प्रदेश ३-०१०२४ च ३५०५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । बढ्दो दुर्घटना , अस्पतालमा हुने गर्वबती महिला र अप्रत्याशित रोगका कारण रगतको माग भएसगै जिल्लामा रहेको नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र मार्फत रगत दिदै आएका युवाहरूलाई घर पुर्याउने क्रममा प्रहरीले गाडी नियन्त्रणमा लिइ हिडेर जान निर्देशन दिएका हुन । स्वास्थको क्षेत्रमा लामो समयदेखी सक्रिय रहेको समुहले जिल्लामा हुने बिपदमा राहत,रेस्क्रु र रगतको क्षेत्रमा काम गरिरहेको छ । दैनिक जसो अस्पतालमा रगत आवश्यक परिरहेको हुन्छ ,रक्तदातालाई ल्याउने र पुर्याउने जिम्मेवारी हाम्रो हो हामिले प्रत्येक दिन गरिरहेका हुन्छौ , सबै कुरा प्रहरी प्रशासन,अस...
खोइ कहिलेसम्म ?

खोइ कहिलेसम्म ?

विचार, समाज, साहित्य/कला, स्वास्थ्य
सुखी नेपाली, समृद्ध नेपाल! नयनमा सपना सजाउँदै गर्दा दिमाग, पाठेघर र कारागारको बन्दी भित्र परिवर्तन र नयाँ युगको हुँकार डकार्दै गर्दा सोच्छु प्रसव पिडामा छ्ट्पटाइरहेकी ती महिला अर्काेतिर कोरोना संक्रमित बिरामीहरुको उपचार नपाएरै भएको त्यो कहालीलाग्दो भयानक अनि हृदयविदारक मृत्युुवरण अस्पतालले वेवास्ता गर्दाको त्यो मृत्युवरण शिक्षाको उज्यालो किरण छर्ने ति शिक्षकहरु कोभिड खोपका लागि प्राथमिकता परेनन् यहाँ यस्ता लज्जास्पद गतिविधीहरु लौन न हजुर अवरोध भएर ,लक्ष्यको बाटो छेकेर बरु नआइदिएको भए हुन्थ्यो! सोच्छु, कोरोना संक्रमितलाई गरिने त्यो भेदभाव जातिय रुपमा गरिने त्यो डरलाग्दो विभेद के हाम्रातिर मात्रै हुन् र भन्या? फेरि सोच्छु, अक्सिजन नपाएर रोइकराइ गरेका आफन्त हार गुहार गर्दै भौँतारिँदै ,यताउता कुदेकै थिए क्यामराले खिचेकै थिए, समाचार छापिएकै थिए परदेशमा कमाउन गएका दाजुभाइ,...