Saturday, April 20
Shadow

हावाको माध्यमबाट तिब्र फैलन सक्ने कोरोनाको नयाँ भेरियन्ट पहिचान


  • -इ
  • इ+

काठमाण्डौँ, जेठ १५
बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतपछि भियतनाममा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट पहिचान भएको छ। भियतनामका स्वास्थ्य मन्त्री विएन टान लान्गले शनिबार कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको बताएको बीबीसीले जनाएको छ।

यो नयाँ भेरियन्ट भारत र बेलायतमा पाइएको भेरियन्टको मिल्दो जुल्दो रुप भएको र हावाको माध्यमबाट पहिलाका भेरियन्ट भन्दा तिब्र गतिमा फैलने बताइएको छ।

भियतनाम ति केही देशमा पर्छ जो गत वर्ष कोरोना भाइरसलाई फैलनबाट रोक्न सफल भएको थियो तर अहिले त्यहाँ कोरोना महामारी तिब्र गतिमा फैलिरहेको छ र स्थितिलाई नियन्त्रणमा लिन सरकारलाई निकै मेहनत गर्नु परिरहेको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares