Friday, April 26
Shadow

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ २ नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ र ३४४ एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
पछिल्लो २४ घण्टामा २२५जना कोरोना संक्रमितको मृत्यु, ५ हजार २२५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २२५जना कोरोना संक्रमितको मृत्यु, ५ हजार २२५ संक्रमणमुक्त

ब्यानर समाचार, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २८ पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु संख्या पनि बढ्न थालेको छ। दोस्रो लहरमा सिकिस्त बिरामीको संख्या बढ्दा मृत्युदर एक दिनमा सय भन्दा बढी संख्या हुन थालेको छ। गत २४ घण्टामा २२५जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ। हिजो देशभर १३९ संक्रमितको मृत्यु भएको थियो। २४ घण्टामा देशभर नेपालमा ९ हजार ४८३ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५९६ जनाको पीसीआर विधि र ७२० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ४८३ जना संक्रमित पुष्टि भएका हुन्। नयाँ संक्रमित थप भएसँगै ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्। ४४८ जना व्यक्ति क्वारेन्टाइनमा छन्। आज देशभर ५ हजार २२५ जना व्यक्ति निको भएका छन्।...
बाग्लुङको तमानखोला गा.पा. मा थपिए एकै दिनमा २१ कोरोना संक्रमीत

बाग्लुङको तमानखोला गा.पा. मा थपिए एकै दिनमा २१ कोरोना संक्रमीत

समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २८ बागलुङको तमानखोला गा.पा. मा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत शनीवार तमानखोला स्थित वडा नं. ३ तमान र वडा नं. ४ लाम्मेलामा गरिएको स्वाव परिक्षणमा २१ जनाको पोजेटीभ देखिएको हो । धौलागिरी अस्पताल बागलुङमा गाउपालीकाले २ वटै वडामा पुगेर स्वाव संकलन गरेर गत शनीवार पठाएको थियो , ३१ जनामा गरिएको परिक्षणमा २१ जनामा कोरोना पोजेटीभ देखिएको हो । वडा नं.३ तमानमा ११ जना र वडा नं.४ लाम्मेलामा १० संक्रमित भएका हुन , जसमध्ये वडा नं. ३ बाट वर्ष ३७, ४९, २९, ३७, ५५, ४०, २८, ४३ का आठ महिला र वर्ष ३८, ८१ का दुई पुरुष छन भने वडा नं.४ मा वर्ष ३८, ७३, ६६, ३४, ११ का पाच महिला र वर्ष ४३, ६५, ४९, ५५, ५५ का पाच पुरुष रहेका छन हाल सम्म २० जनाको अवस्था सामान्य रहेता पनी १ जनाको अवस्था जटिल रहेकोले थप अपचारका लागी तत्काल बागलुङ पठाउने तयारी रहेको स्वास्थ्य प्रमुख तिलक छन्त्यालले जानकार...
२४ घण्टामा ५५ जनाको मृत्यु, सक्रिय संक्रमित ६० हजार नजिक

२४ घण्टामा ५५ जनाको मृत्यु, सक्रिय संक्रमित ६० हजार नजिक

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २१ मंगलबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् भने मृत्युको पनि नयाँ रेकर्ड कायम भएको छ। १६ हजार १३१ जनाको पीसीआर परिक्षण गर्दा ७ हजार ५८७ जनामा र ५७१ जनाको एन्टीजेन परिक्षण गर्दा ७३ जनामा गरी ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५५ जनाको मृत्यु भएको छ । थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ४१७ जनाको मृत्यु भएको छ । यस्तै, हालसम्म २५३ जना क्वारेन्...
काठमाडौंमा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

काठमाडौंमा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख २१ काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए । पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । बेलुका पूर्ण रुपमा बन्द गरिनेछ । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिनेछ । पराजुलीका अनुसार बैंक तथा वित्ति...
कोरोना संक्रमण बढ्दो, लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइयो

कोरोना संक्रमण बढ्दो, लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइयो

ब्यानर समाचार, राजनिती, समाज, स्वास्थ्य
काठमाण्डौँ, वैशाख १३ आज साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएको अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिश गरेको निषेधाज्ञा बारे सरकारले निर्णय लिनसक्ने बताइएको छ । यसअघि सीसीएमसीले आइतबार शहरमा ५ सय र पहाडमा २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्नुपर्ने सिफारिस गरेको थियो । सीसीएमसीले जिल्लामा प्रमूख जिल्ला अधिकारीले निषेधाज्ञाको निर्णय लिन सक्ने गरि निर्णय गर्न सरकारलाई सिफारिश गरेको छ ।...
सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

ब्यानर समाचार 2, शिक्षा, समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख ५ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्लाई उक्त सिफारिस गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीले यस्तो निर्णय गरेको हो।...
पछिल्लो २४ घण्टामा ३०३ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ३०३ कोरोना संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत्र २९ नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ सय ३ जना संक्रमित भएका छन् । यो समेत गरी कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा २८८ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २८८ कोरोना संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत्र २७ पछिल्लो २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १ सय २७ जना कोरोना संक्रमण मुक्त भएका छन् मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल २६ सय १५ जना आइसोलेसनमा छन् भने ८४ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना संक्रमितको संख्या भने २ लाख ७९ हजार ३ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ ।...
कोरोनाको दोस्रो लहर : पहिलो लहरको तुलनामा तीन गुना तीव्र

कोरोनाको दोस्रो लहर : पहिलो लहरको तुलनामा तीन गुना तीव्र

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत्र २१ भारतमा पहिलो लहरको तुलनामा दोस्रो लहर तीन गुना तेज रहेको पाइएको छ। शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टामा त्यहाँ ८८ हजार नौ सय ८८ जना संक्रमित भेटिएका छन्। अघिल्लो दिनको तुलनामा त्यो संख्या १० हजार बढी हो। सेप्टेम्बर २०२० पछि त्यहाँ एकैदिन उक्त संख्यामा कोरोना संक्रमित बढी भेटिएका हुन्। दोस्रो लहरमा मृत्यु हुनेको संख्या भने निकै कम रहेको छ।...