Monday, April 29
Shadow

स्वास्थ्य

प्रबिण हर्मेलद्धारा जन्म गाँउ लाम्मेलामा स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रबिण हर्मेलद्धारा जन्म गाँउ लाम्मेलामा स्वास्थ्य सामाग्री हस्तान्तरण

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली देशमा कोरोना भाईरसको महामारी मच्चिए संगै विभिन्न देशमा रहेका नेपाली नागरिक र सामाजिक अभियान्ताहरुले देशका प्राय ठाँउ एवम् आफ्ना पायक पर्ने ठाँउमा पुगेर नागरिकलाई भोग र अभाव बाट बचाउने उद्देश्य राख्दै खाद्य सामाग्री एवम स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने गरेका छन । आपतको बेला जनतालाई भोक र रोग बाट बचाउनु मानवीय धर्म भएको बताउदै देशका सुगम एवम् दुर्गम ठाँउमा पुगेर सामाजीक अभियान्ता हरुले सहयोग गर्दै आएका छन । यसै बिच तमानखोला गा.पा ४ लाम्मेला घर भै हाल ब्यबसायीक रुपमा पोखरालाई कर्मथलो बनाएका प्रबिण हर्मेल ले आफ्नो जन्म गाँउमा पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।केहि समय अगाडि कोरोना स्पोट बनेको लाम्मेलामा स्वास्थ्यकर्मी र स्थानीय जनताको समस्यालाई महसुस गर्दै आफुले जन्मथलोमा ब्यक्तिगत रुपमा भएनी स्वास्थ्य सामाग्री सहयोग गरेको हर्मेलको भनाई छ । धौलागिरी एक...
विश्व रक्तदाता दिवसको अवसरमा नुवाकोटका दुई स्थानमा रक्तदान सम्पन्न

विश्व रक्तदाता दिवसको अवसरमा नुवाकोटका दुई स्थानमा रक्तदान सम्पन्न

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ ३१ रक्तदान गरौं ,संसारका धड्कनहरुलाई चलायनमान वनाओैं भन्ने मुल नाराका साथ विश्व रक्तदाता दिवस नुवाकोटको दुई स्थानमा रक्तदान कार्य पुरा गरी सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजना ,Blood On Request In Nuwakot को समन्वय , नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तसन्चार केन्द्र भवन कलोनीमा भएको कार्यक्रममा ९ जना रक्तदाताले रक्तदान गर्नु भएको मानव अधिकार तथा शान्ति समाज नुवाकोटका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । उता सोहि अवसर पारेर किस्पाङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखाको आयोजना ,रक्तसन्चार केन्द्र कलोनीको प्राविधिक सहयोग, समृद्व किस्पाङ र नुवाकोट जिल्ला भरका रक्तदाताहरुको छाता संस्था Blood on Request in Nuwakot को समन्वयमा भएको वृहत रक्तदान कार्यमा ३४ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । संकलित रगत नुवा...
दाह्री पाल्ने मानिसमा कोरोनाको खतरा बढी !

दाह्री पाल्ने मानिसमा कोरोनाको खतरा बढी !

अचम्मका कुरा, जिवनसैली, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ ३१ विश्वव्यापी रुपमा प्रारम्भ भएको कोरोना भाइरसविरुद्धको खोप अभियानपछि कोरोनाको संक्रमणमा कमि आउन थालेको छ । यस क्रममा धेरै देशहरुमा लागेको प्रतिबन्धहरु बिस्तारै खुकुलो हुन थालेका छन् अथवा हट्न थालेका छन् । नेपालमा पनि संक्रमितको संख्यामा लगातार कमि आउन थालेको छ । यसैबीच कोरोनाको बारेमा एउटा रिपोर्ट आएको छ, जसले यो घातक महामारीको संक्रमण पुरुषहरुले पाल्ने लामो दाह्रीबाट समेत बढ्न सक्छ भन्ने पत्ता लागेको छ । सबैलाइ थाहा भएको कुरा हो, कोभिडका विरामीले खोक्दा र हाक्छ्यूँ गर्दा भाइरस हावामा फैलिन्छ । अहिले भरखरै गरिएको ताजा सर्वेक्षणमा मानिसको लामो दाह्रीलाई पनि घातक भाइरसको फ्याक्टर मानिएको छ । । लकडाउनका कारण धेरै मानिसहरुले दाह्री काट्न ैअल्छि गरेका छन् भने कतिलाई दाह्री पाल्ने सौख पनि छ । यद्यपि, अहिले कोरोनाकालमा दाह्री पाल्ने कार्यलाई डाक्टरहरु जोखिम...
यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ २७ यशोदादेवी भगवानसिंह केसि मेमोरियल ट्रस्टले जिल्लाको स्थानिय तहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । बिहिवार ट्रस्टले किस्पाङ , म्यगङ र तारकेश्वर गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । अक्सिजन कनसनटेटर ९ थान, माक्स १० हजार पिपिई २५ थान ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी को उपस्थितिमा आज उक्त स्थानिय तहका प्रमुख उप प्रमुख वडा अध्यक्षहरुलाई ट्रस्टका अध्यक्ष डा केदार नरसिंह के सीले एक कार्यक्रम विच हस्तान्तरण गर्नु भएको छ । बुधवार दुप्चेश्वर गाउँपालिकामा ३ थान कन्सनटेटर र पिपिई प्रदान गरिएको थियो । सामाजिक कामलाई राजनिति सँग जोड्नु हुदैन , मानव जगतमा परेको यो महामारीमा सवैलाई सवैले सकेको सहयोग गर्नुपर्छ भन्ने मुल मान्यता राखी कोभिड महामारीमा अग्रणी मोर्चामा आफुलाई उभ्यायको ट्रस्टले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्लाभित्र रहेको देउरालि प्...
नुवाकोटमै पहिलो पटक विदुर ५ को कार्यालयले सुरु गर्यो नि:शुल्क औषधि र एम्बुलेन्स सेवा

नुवाकोटमै पहिलो पटक विदुर ५ को कार्यालयले सुरु गर्यो नि:शुल्क औषधि र एम्बुलेन्स सेवा

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ २४ वडावासि स्वास्थ्यलाई ख्याल गर्दै विदुर नगरपालिका वडा नं ५ को कार्यालयले नि:शुल्क औषधि र एम्बुलेन्स सेवा सुरु गरेको छ । दीर्घ रोगि, अशक्त, असहाय र गरिव वर्गहरुलाई लक्षित गर्दै वडा कार्यालयले नि:शुल्क एम्बुलेन्स सेवा र औषधि वितरण कार्य सुरु गरेको छ । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटमा ८८ वटा वडा रहेको छ । जस मध्ये विदुर नगरपालिकाको वडा नं ५ ले उक्त सेवा जिल्लामा नै पहिलो पटक सुरु गरेको छ । वडा अध्यक्ष शिव कुमार चित्रकारको सक्रियतामा वडा सदस्य र वडा कार्यालयमा कार्यरत कर्मचारीको आर्थिक सहयोगमा उक्त सेवा सुचारु गरिएको हो । आज सोमवार वडावासि राजेन्द्र नेपाली र रामशरण नेपाली लाई आवश्यक औषधि हस्तान्तरण गरेर सो सेवाको सुरुवात गरिएको छ । निशुल्क औषधि र एम्बुलेन्स सेवाका लागि जनप्रतिनिधि र कर्मचारीले एक महिनाको पारिश्रमिक हस्तान्तरण गरेका छन् । वड...
रक्तदानमा नुवाकोटका युवाको सक्रियता बढ्दो

रक्तदानमा नुवाकोटका युवाको सक्रियता बढ्दो

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट,जेठ २२ रक्तदानमा नुवाकोटका युवाको सक्रिय सहभागिता बढ्दै गएको छ । विश्वव्यापि महामारीको रुपमा रहेको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण जो कोहिलाई पनि रगतको अभाव नहोस् भन्ने उदेश्यका साथ नुवाकोट जिल्लामा रगत व्यवस्थापनमा क्रियाशिल संस्था Blood On Request In Nuwakot ,को आयोजना ,दाह्री ग्याङ नुवाकोट , र विदुरनगरपालिका वडा नं ७ तुप्चेमा अवस्थित श्री जन जागृती युवा क्लवको सह आयोजना ,नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । करिव २९ जना रक्तदाताहरुले स्वत : स्फुर्त रुपमा उपस्थिति भई आफ्नो अमुल्य रक्तदान गर्नुभएको सो कार्यक्रममा सम्पुर्ण रक्तदाताहरुलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको छ । एक हप्ता अगाडी मात्र आयोजक Blood On Request In Nuwakot ले प्लाज्मा र रक्तदान गरी संकलित सम्पुर्ण रगत नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र भक्...
पन्चदेवल विनाएक नगरपालिकामा कर्ण विश्वकर्माद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

पन्चदेवल विनाएक नगरपालिकामा कर्ण विश्वकर्माद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, जेठ २२ सामाजिक काममा अत्यन्तै क्रियाशील स्वास्थ्यकर्मी कर्ण विश्वकर्माको नेतृत्वोमा पन्चदेवल नगरपालिका अछाम लाई करिव ४ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तारण गरिएको छ । कोरोना भाईरसको पहिलो लहर सुरु भएदेखि नै ठाँउ ठाँउमा स्वास्थ्य सामाग्री सहयोग गर्दै आएका विश्वकर्माले यो पटक अमेरिकामा बसोबास गर्दै आएका केहि मनकासर ब्यक्ति र सिन्धुपाल्चोक घर भई हाल काठमाडौंमा व्यावसाय गर्ने राजेन्द्र घतानी संगको सहकार्यमा नगरपालीका लाई राहत सामाग्री हस्तान्तरण गरेका हुन । सहिद गंगालाल अस्पताल काठमाडौंमा कार्यरत स्वास्थ्यकर्मी विश्वकर्माले पन्चदेवल नगरपालिका अछाम लाइ करिब चार लाख बराबरको कोरोना महामारीका लागि आवश्यक मेडिसिन र तीन थान कन्स्ट्रसर मेसिन,एक सय पचास पिपि सेट,बीस सेट वसिमेट,दुई हजार पिस माक्र्स,दुई हजार पिस गोलोप्स,पचास पिस भाईजर छन। विश्वकर्माले आपतकालीन समयमा अक्सिजन उपलब्ध ब...
एम्बुलेन्स र औेषधि सेवा नि:शुल्क दिदैँ विदुर ५ को कार्यालय

एम्बुलेन्स र औेषधि सेवा नि:शुल्क दिदैँ विदुर ५ को कार्यालय

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ १९ कोभिड १९ अर्थात कोरोना भाईरस बाट प्रभावित वडावासि विशेष गरी दीर्घ रोगि, अशक्त, असहाय र गरिव वर्गहरुलाई लक्षित गर्दै विदुर नगरपालिका वडा नं ५ को कार्यालयले नि:शुल्क एम्बुलेन्स सेवा र औषधि वितरण कार्य सुरु गरेको छ । १७ गते सोमवार सुचना जारी गर्दै वडाले उक्त सेवा सुचारु गरेको जनाएको छ । वडा अध्यक्ष शिव कुमार चित्रकारको अग्रतामा उक्त सेवा सुरु गरिएको छ । वडा क्षेत्रमा रहेकाहरुलाई निषेधाज्ञाको समयमा यातायातका कारण जिल्ला अस्पताल सम्म पुग्नको लागि नि:शुल्क एम्बुलेन्स सेवा सुचारु गरिएको छ । त्यस्तै मुटु, उच्च रक्तचाप, मधुमेह, मृगौला, दम लगाएतका दीर्घ रोगिलाई लक्षित गर्दै नि:शुल्क औषधि वितरण गरिरहेको छ । सेवाको उपयोगको लागि नागरिकता वा मतदाता परिचय पत्रको प्रतिलिपि र डाक्टरको सिफरिस पत्र आवश्यक पर्ने वडाले जारी गरेको सुचनामा उल्लेख छ । ...
कोरोना महामारी र स्थानीय नर्सहरुको कथा : मायाको दैनिकी

कोरोना महामारी र स्थानीय नर्सहरुको कथा : मायाको दैनिकी

जिवनसैली, विचार, समाज, स्वास्थ्य
एउटा समय थियो एस.एल.सी.पश्चात के विषय लिएर पढ्ने < कुन क्षेत्र संग सम्बन्धित विषय पढ्ने भन्ने त्यो समय कसैले स्वास्थ्य संग निकट विषय नर्स,अहेव,अनमी पढ्ने ईक्षा राख्यो भने मात्रै पनी सुन्नेहरु नाक खुँम्च्याउथे निधारमा मुजा पार्थे अर्थात नर्स पेशालार्ई समाजमा हेर्ने दृष्टिकोण सकरात्मक भैसकेको थिएन । मान्छेहरु गाँउघरकै लवजमा भन्थे डाउटर भएर कति कमाई हुन्छ र यत्रो दुख गरि पढ्नु । नर्सहरु उत्पादनमा निकै ह्रास आएको थियो, कोहि पढिहाले पनि बिचमै अलमलिन्थे त्यहि देखेर पनी प्राय अभिभावक आफ्नो सन्तानलाई यो क्षेत्र रोज्न दिदैन थिए । नेपालमा करिब ९५ हजार भन्दा माथी नर्स छन् । सरकारी र निजी क्षेत्रबाट गरी प्रत्येक वर्ष करिब पाँच हजार जना नर्स उत्पादन हुन्छन् । यी मध्ये अधिकांशले जागिर पाउँदैनन् । अस्पतालहरुले पनि धेरै अनुभवी र क्षमतावान नर्सहरु खोज्छन् । नयाँ एवं अनुभव नभएका नर्सहरु घरमै बस्न बाध्...
सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

आर्थिक, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ १५ सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् । स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ । सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने पनि पौडेलले बताए ।...