Tuesday, April 16
Shadow

स्वास्थ्य

देशभर थप १,६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

देशभर थप १,६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

मुख्य समाचार, समाचार, स्वास्थ्य
लक्ष्मण श्रेष्ठ १६ भाद्र, काठमाडौं देशभर थप एक हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार पाँच सय २३ र एन्टिजेन परीक्षणमा एक सय ४१ जनामा संक्रमण देखिएको हो । यो अवधिमा नौ हजार एक सय १७ जनाको पिसिआर परीक्षण र तीन हजार एक सय पाँचजनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर ३५ हजार पाँच सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार एक हजार सात सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार सात सय ५० पुगेको छ ।...
आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै, कहाँ कहाँ लगाइन्छ ?

आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै, कहाँ कहाँ लगाइन्छ ?

टिप्स, मुख्य समाचार, शिक्षा, समाज, स्वास्थ्य
काठमाण्डौँ, भाद्र ४ काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको हो । आज (शुक्रबार) भोलि (शनिबार) र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ । विद्यार्थीहरुले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् । साथै, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–वानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–मह...
काठमाण्डौंमा अष्ट्राजेनिका खोपको पहिलो डोज दिदै

काठमाण्डौंमा अष्ट्राजेनिका खोपको पहिलो डोज दिदै

Uncategorized, टिप्स, समाचार, स्वास्थ्य
भदौ २, काठमाण्डौ केशब श्रेष्ठ काठमाण्डौ जिल्लामा भदौ १ गतेदेखि ९ वटा लक्षित वर्ग तोकेर महानगरपालिका भित्र ६ वटा अस्पताल र अरु सबै नगरपालिकामा केन्द्र तोकी कोभिड १९ विरुद्धको अष्ट्राजेनिका खोपको पहिलो डोज दिएको स्वस्थ्य कार्यलय काठमाण्डौले जनाएको छ । पहिलो डोज कोभिडशिल्ड खोप लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुलाइ समेत यो अभियनमा अष्ट्राजेनिका खोप दिइने र जनस्वस्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने कार्यलयले बताएको छ । बेलायतसंगै भारतमा पनि परिक्षण भैरहेको अष्ट्राजेनिका खोप नेपाल सहितका देशका लागि निकै प्रभावकारी हुने र खोपको प्रभावकारिता खोपको मात्रामा रहने बताउदै आइएको छ । एक डोज दिदा मात्रै पनि कोभिड सङ्क्रमण निको हुने दर ६२ प्रतिशत रहेको अष्ट्राजेनिकाले जनाएको छ । यो खोप सबै उमेर समुहका लागि प्रभावकारी रहेको पाइन्छ । खासगरि वृद्धवृद्धामा पनि यसको प्रभाव देखिनुलाइ विज्ञह...
कोभिड खोप भनेर एक नर्सले आठ हजार जनालाई नुनपानी लगाइदिएको खुलासा

कोभिड खोप भनेर एक नर्सले आठ हजार जनालाई नुनपानी लगाइदिएको खुलासा

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, अपराध, मुख्य समाचार, स्वास्थ्य
जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड-१९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले ८,००० भन्दा बढी मानिसलाई खोप दोहोर्‍याउन आग्रह गरेका छन्। नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाबारे सार्वजनिक हुँदा गत मार्च र अप्रिलमा खोप लगाएका छ जनालाई मात्र नुन पानी दिइएको विश्वास गरिएको थियो। गत अप्रिलमा आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी थिइन्। तर प्रहरी अनुसन्धानले उनले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि भयो। प्रभावितहरूमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका जोखिम समूहका मानिसहरू भएको बताइएको छ। प्रहरीले उक्त घटना राजनीतिक स्वार्थबाट प्रेरित हुनसक्ने सम्भावना नकारेको छैन। ती स्वास्थ्यकर्मीका वकिलले त्यस आरोपला...
देशभर साउन २२ गते देखि भेरोसेल दोस्रो खोप लगाइने

देशभर साउन २२ गते देखि भेरोसेल दोस्रो खोप लगाइने

टिप्स, ब्यानर समाचार, समाचार, स्वास्थ्य
२१ साउन,काठमाडौँ । लक्ष्मण श्रेष्ठ स्वास्थ्य सेवा विभागले साउन २२ गते देखि देशभर कोभिड १९ विरुद्धको भेरोसेलको दोस्रो डोज लगाउने भएको छ । उक्त कार्यक्रम संचालन गर्न १९ गते विभागले परिपत्र गरेको थियो । विभागले पत्रद्धारा सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई यसबारे निर्देशन गरेको हो । विभागका महानिर्देशक डा.दिपेन्द्र सिंहले परिपत्रमा भेरोसेलको पहिलो खोप लगाएको २१ दिन पुरा भएकाहरुका लागि दोस्रो डोजको खोप लगाउने निर्णय गरेको हो । खोप लगाउन बाँकि रहेकाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाईटमा अग्रिम दर्ता गराउनुपर्ने र यसैको आधारमा तोकेको लक्षित समूह भित्रका व्यक्तिलाई खोप दिने व्यवस्था मिलाउन निर्देशन दिईएको छ । खोप कार्यक्रम व्यवस्थित तरिकाले सञ्चालन गर्न तथा विशेष गरि जुन उमेर समूहले खोप पाउन पर्ने हो त्यो समूहलाई प्राथमिकता...
स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, असार २७ स्याङजा र गोरखामा पाँच जनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार जेठ ३१ गते राष्ट्रीय जनस्वास्थ्य प्रयोगशालामा नयाँ भेरियन्ट जाँचका लागि पठाइएको पाँच जनामा डेल्टा (बि.१.६१७.२) भेरियन्ट पुष्टि भएको हो। यो भेरियन्ट पहिलो अल्फा भेरियन्ट भन्दा बढी संक्रामक हुने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अनाउन निर्देशनालयले अनुरोध गरेको छ। कालिगण्डकी गाउँपालिका स्याङजाका १४ र ६० वर्षका पुरुष र बारपाक मुलिकोट गाउँपालिकाका ७०,२२ र ४० वर्षिय महिलामा डेल्टा भेरियन्ट देखिएको हो। ...
मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि झनै जिम्मेवार बढेको महसुस गरेको छु : सुनिता

मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि झनै जिम्मेवार बढेको महसुस गरेको छु : सुनिता

समाचार, समाज, स्वास्थ्य
नमस्कार, म सुनिता कुमारी सहकारी, जन्म वि-स- २०५४ साल नेपालको दुर्गम जिल्ला भनेर चिनिने कालिकोटको नरहरीनाथ गाउँ पालिकामा जन्म लिए पश्चात् सानै उमेर देखि म अरुको सेवा गर्नुपर्छ भन्ने भावना जागृत भएर आउथ्यो । जब म कक्षा ८ मा अध्ययन गर्ने भए त्यतिबेला गाउँमा उपचार नपाएर, उपचारका गर्नका लागि सुर्खेत वा नेपालगन्ज लैजानुपर्ने, सामान्य सिटामोल समेत गाउँमा नपाइने अबस्था लाई नजिकबाट नियालेको थिए । मेरो मनमा अनेकौं कुराहरु खेल्थे, म जसरी भएपनि नर्सिङ पढ्नुपर्छ र बिरामीको सेवा गर्नुपर्छ भन्ने मनमा सोच्थे। दिन बित्दै गए मैले गाउँको जनता माध्यमिक विद्यालयबाट २०६५ सालमा एस-एल-सी- दिए मेरो मनमा अब रिजल्टको पिरलो हुन लाग्यो त्यतिबेला रिजल्ट आउनपनि केही महिना ढिलो हुन्थ्यो, मनमा नर्सिङ पढ्न पाउछु कि पाउदिन, कतै फेल हुने त होइन जस्ता कुराहरु बादल मडारिए जस्तै खेलिरहेका हुन्थे । प्रतिक्षाको फल मीठो हुन्छ भ...
नुवाकोट छहरेको सेवा सामुदायिक अस्पताललाई आईसोलेसन निर्माणको लागि रोटरी क्लबको सहयोग

नुवाकोट छहरेको सेवा सामुदायिक अस्पताललाई आईसोलेसन निर्माणको लागि रोटरी क्लबको सहयोग

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, असार १ नुवाकोटको लिखु गाउपालिका ६ छहरे बजारमा रहेको सेवा सामुदायिक अस्पताललाई कोभिड १९ आईसोलेसन निर्माणका लागि रोटरि क्लब अफ भादगाउ भक्तपुरले सहयोग गरेको छ। आईसोलेसन निर्माणका लागि ९ थान फोल्डिङ बेड र ९ थान अक्सिजन सिलिन्डर सहयोग प्राप्त भएको सेवा अस्पतालका अध्यक्ष वसन्त राज के सि ले बताए ​। रोटरि क्लबका सस्थापक अध्यक्ष मनोज कडेलले उत्त सामाग्री अस्पताल लाई हस्तान्तरण गरेका हुन् । हाल उत्त अस्पतालमा २० वेड रहेको छ । ...
प्रबिण हर्मेलद्धारा जन्म गाँउ लाम्मेलामा स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रबिण हर्मेलद्धारा जन्म गाँउ लाम्मेलामा स्वास्थ्य सामाग्री हस्तान्तरण

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली देशमा कोरोना भाईरसको महामारी मच्चिए संगै विभिन्न देशमा रहेका नेपाली नागरिक र सामाजिक अभियान्ताहरुले देशका प्राय ठाँउ एवम् आफ्ना पायक पर्ने ठाँउमा पुगेर नागरिकलाई भोग र अभाव बाट बचाउने उद्देश्य राख्दै खाद्य सामाग्री एवम स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने गरेका छन । आपतको बेला जनतालाई भोक र रोग बाट बचाउनु मानवीय धर्म भएको बताउदै देशका सुगम एवम् दुर्गम ठाँउमा पुगेर सामाजीक अभियान्ता हरुले सहयोग गर्दै आएका छन । यसै बिच तमानखोला गा.पा ४ लाम्मेला घर भै हाल ब्यबसायीक रुपमा पोखरालाई कर्मथलो बनाएका प्रबिण हर्मेल ले आफ्नो जन्म गाँउमा पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।केहि समय अगाडि कोरोना स्पोट बनेको लाम्मेलामा स्वास्थ्यकर्मी र स्थानीय जनताको समस्यालाई महसुस गर्दै आफुले जन्मथलोमा ब्यक्तिगत रुपमा भएनी स्वास्थ्य सामाग्री सहयोग गरेको हर्मेलको भनाई छ । धौलागिरी एक...
विश्व रक्तदाता दिवसको अवसरमा नुवाकोटका दुई स्थानमा रक्तदान सम्पन्न

विश्व रक्तदाता दिवसको अवसरमा नुवाकोटका दुई स्थानमा रक्तदान सम्पन्न

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, जेठ ३१ रक्तदान गरौं ,संसारका धड्कनहरुलाई चलायनमान वनाओैं भन्ने मुल नाराका साथ विश्व रक्तदाता दिवस नुवाकोटको दुई स्थानमा रक्तदान कार्य पुरा गरी सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजना ,Blood On Request In Nuwakot को समन्वय , नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तसन्चार केन्द्र भवन कलोनीमा भएको कार्यक्रममा ९ जना रक्तदाताले रक्तदान गर्नु भएको मानव अधिकार तथा शान्ति समाज नुवाकोटका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो । उता सोहि अवसर पारेर किस्पाङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखाको आयोजना ,रक्तसन्चार केन्द्र कलोनीको प्राविधिक सहयोग, समृद्व किस्पाङ र नुवाकोट जिल्ला भरका रक्तदाताहरुको छाता संस्था Blood on Request in Nuwakot को समन्वयमा भएको वृहत रक्तदान कार्यमा ३४ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । संकलित रगत नुवा...