Friday, April 26
Shadow

आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै, कहाँ कहाँ लगाइन्छ ?


  • -इ
  • इ+

काठमाण्डौँ, भाद्र ४
काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको हो ।

आज (शुक्रबार) भोलि (शनिबार) र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

विद्यार्थीहरुले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् ।

साथै, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–वानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–महाराजगञ्जबाट पनि विद्यार्थीहरुले खोरोना खोप लगाउन पाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares