Friday, March 29
Shadow

बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्ने


  • -इ
  • इ+

काठमाण्डौँ, भाद्र ३०
बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्न स्थानियले आन्दोलन गर्ने भएका छन् ।

स्थानिय युवा क्लवहरुले एक सुचना प्रकाशित गर्दै असोज २ गते आन्दोलन गर्ने जनाएका छन् । विगत १६ वर्ष देखि नुवाकोटको ककनी गाउँपालिकाको वडा नं १,२ र ३ को साथै धादिङको धुनिवेशि नगरपालिकाको वडा नं १ सिसडोलको फोहोरले प्रभावित भईरहेका छन् ।

लामो समय देखि फोहोरमैलाले निम्त्याएको समस्या समाधान नभई पटक पटक भएका सम्झौँताहरु पनि कार्यान्वयन नभएको भन्दै स्थानिय ककनी प्रगतिशिल युवा क्लव, जनजागरण युवा क्लव, करुण युवा क्लव र रोयल युथ क्लवले संयुक्त रुपमा बन्चरे डाँडामा आन्दोलन गर्ने भएका छन् । बन्चरे डाँडामा फोहोर सदाकालको लागि बन्द गर्नलाई प्रभावित क्षेत्रका सम्पूर्ण स्थानियलाई उपस्थीत हुन आयोजक क्लवहरुले सुचना मार्फत अनुरोध गरेका छन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares