Thursday, March 28
Shadow

देशभर साउन २२ गते देखि भेरोसेल दोस्रो खोप लगाइने


  • -इ
  • इ+

२१ साउन,काठमाडौँ ।
लक्ष्मण श्रेष्ठ
स्वास्थ्य सेवा विभागले साउन २२ गते देखि देशभर कोभिड १९ विरुद्धको भेरोसेलको दोस्रो डोज लगाउने भएको छ । उक्त कार्यक्रम संचालन गर्न १९ गते विभागले परिपत्र गरेको थियो ।

विभागले पत्रद्धारा सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई यसबारे निर्देशन गरेको हो । विभागका महानिर्देशक डा.दिपेन्द्र सिंहले परिपत्रमा भेरोसेलको पहिलो खोप लगाएको २१ दिन पुरा भएकाहरुका लागि दोस्रो डोजको खोप लगाउने निर्णय गरेको हो ।

खोप लगाउन बाँकि रहेकाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाईटमा अग्रिम दर्ता गराउनुपर्ने र यसैको आधारमा तोकेको लक्षित समूह भित्रका व्यक्तिलाई खोप दिने व्यवस्था मिलाउन निर्देशन दिईएको छ ।

खोप कार्यक्रम व्यवस्थित तरिकाले सञ्चालन गर्न तथा विशेष गरि जुन उमेर समूहले खोप पाउन पर्ने हो त्यो समूहलाई प्राथमिकतामा राख्न र स्वास्थ्य जस्तो संवेदनशिल कुरामा लापरवाहि नर्गन आग्रह गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares