Monday, April 29
Shadow

स्वास्थ्य

आइतबार (आज) देखि बुस्टर डोज खोप दिइने

आइतबार (आज) देखि बुस्टर डोज खोप दिइने

समाचार, स्वास्थ्य
माघ २, काठमाडौं । सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई आइतबार आज देखि कोरोना भाइरस कोभिड १९ विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ । सोही अनुसार स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूलाई सरकारले बुस्टर डोज खोप दिइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर आज देखि अग्रपंक्तिमा खटिनेहरुलाई बुस्टर डोज आग्रह गरेको थियो । मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ । सरकारले खोप कार्ड लगेर नजिकैको खोप केन्द्रमा गइ बुस्टर डोज लगाउन निर्देशन दिएको हो ।...
कोरोना संक्रमण बढेका कारण शैक्षिक संस्था बन्द गर्न सुझाव

कोरोना संक्रमण बढेका कारण शैक्षिक संस्था बन्द गर्न सुझाव

शिक्षा, समाचार, स्वास्थ्य
२५ पुष, काठमाडौँ . नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन्। थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तर्क्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन्। नेता महरले भने, “हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ। छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ। यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।” नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहेका उनले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोक...
चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

जिवनसैली, टिप्स, मुख्य समाचार, मौसम, शिक्षा, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष १५ बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो । जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो ।...
ओमिक्रोनविरुद्ध प्रभावकारिता देखाएको फाइजरको भनाई (पूरा पढ्नुहोस्)

ओमिक्रोनविरुद्ध प्रभावकारिता देखाएको फाइजरको भनाई (पूरा पढ्नुहोस्)

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
  २१ मंसिर,काठमाडौं । अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले एउटा सानो अध्ययनपछि जनाएको छ। यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित भएकाहरूलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सक्षम रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको थियो। कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्नसक्छ : कोरोनाभाइरसका नयाँ(नयाँ भेरिअन्टस् के खोप अझै प्रभावकारी छन् । विश्वभरका अध्ययनकर्ताहरूले ओमिक्रोनबारेका तथ्याङ्कलाई नजिकबाट नियालीरहेका छन्। ओमिक्रोन हालसम्म फेला परेका कोभिडका प्रकारमध्ये सबैभन्दा बढी उत्परिवर्तित भेरिअन्ट हो। फाइजरले बुधवार एउटा विज्ञप्ति सार्वजनिक गर्दै फाइजरका प्रमुख कार्यकारीले खोपको तेस्रो मात्राले ओमिक्रोनविरुद्ध सु...
जन्म दिनमा दीर्घरोगीलाई औषधि वितरण

जन्म दिनमा दीर्घरोगीलाई औषधि वितरण

समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, मंसिर ९ पत्रकार राजेन्द्र गजुरेलले आफ्नो जन्म दिनको अवसरमा विदुर नगरपालिका वडा नं ५ मा नियमित औषधि सेवन गर्ने दीर्घरोगीलाई एक महिनाको लागि आवश्यक औषधि वितरण गरेका छन् । लकडाउनको समयमा आर्थिक स्थीति कमजोर भएका अशक्त वर्गलाई लक्षित गर्दै वडा कार्यालयले शहरी स्वास्थ्य केन्द्र माझिटार मार्फत वडा भित्र रहेका १५ जना मध्ये हाल ९ जनाले निःशुल्क औषधि सेवा लिदै आएका छन् । पत्रकार गजुरेलले आज वडा कार्यालयमा ४ जनालाई एक महिना सम्म पुग्ने औषधि हस्तान्तरण गरेका हुन् । बाकिँ ५ जनालाई आईतबार स्वर्गिय बासु बस्नेतको सम्झनामा अन्य साथिहरुको उपस्थीतिमा हस्तान्तरण गरिने उनले बताए । आफ्नो भनाई राख्दै गजुरेलले आफ्नो वडामा मात्र नभई अन्य ठाउँमा पनि सामाजिक कार्य गर्दै आएको र आवश्यकता अनुसार आफूले सकेको सहयोग आगामी दिनहरुमा पनि गर्दै जाने उनले बताए । साथै वडाध्यक्ष शिवकुमार चित्रकारले जन्...
आजदेखि कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु, हेर्नुहोस् खोप केन्द्र

आजदेखि कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु, हेर्नुहोस् खोप केन्द्र

टिप्स, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २८ कोरोना भाइरसविरुद्धको फाइजर खोप आजदेखि लगाउन सुरु गरिएको छ । आजदेखि मंसिर ४ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाउन लागिएको हो । यसको दोस्रो मात्रा मंसिर २७ गतेदेखि दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्वका १३२ देशका नागरिकहरुले लगाइसकेको फाइजर खोप नेपालमा पहिलोपटक लगाउन थालिएको हो । यो खोप १२ वर्षमाथिका बालबालिकालाई लगाउन मिल्छ । खोप पाउने १२ वर्षमाथिका दीर्घ रोगीको समूह निर्धारण गरेर देशभर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पूर्जा अनिवार्य लिएर तोकिएको अस्पतालमा जान मन्त्रालयले अनुरोध गरेको छ ।अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको १ लाख ६२० डोज फाइजर खोप गत कात्तिक ८ गते नेपाल आइपुगेको थियो । कहाँ–कहाँ छन् खोप केन्द्र ? स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ...
कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई फाइजर खोप लगाइने

कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई फाइजर खोप लगाइने

जिवनसैली, टिप्स, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ५ नेपालमा कातिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका किशोर किशोरीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ । फाइजरको एक लाख डोज खोप सोमबार गाभीले नेपाल ल्याउने तयारी गरिरहेको छ । उक्त खोप माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भएकाले तत्काल लगाउन लागिएको हो । मुलुकका २४ वटा अस्पतालबाट फाइजर खोप लगाइने भएको छ । परिवार कल्याण महाशाखाका अनुसार १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई खोप दिइनेछ । महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ । यसैबीच, अमेरिकी खोप उत्पादक कम्पनी फाइजर बायोएनेटकले फाइजर खोपको बुस्टर डोज (तेस्रो मात्रा) लगाउँदा कोभिड–१९ संक्रमणबाट बच्ने सम्भावना ९५ प्रतिशत रहेको जनाएको छ । कम्पनी...
पूर्ण मात्रा खाेप लगाउनेकाे सङ्ख्या ६४ लाख नाघ्याे, थप ९ सय ६८ जनामा काेराेना पुष्टि

पूर्ण मात्रा खाेप लगाउनेकाे सङ्ख्या ६४ लाख नाघ्याे, थप ९ सय ६८ जनामा काेराेना पुष्टि

समाचार, स्वास्थ्य
काठमाण्डाै, असोज १९ पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ प्रतिशतमा मात्रै कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा ६ प्रतिशत अर्थात् नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९१ हजार दुई सय २४ पुगेको छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९८ हजार सात सय ६६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार चार सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । २४ घण्टामा थप एक हजार एक सय १४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७१ हजार तीन सय ३८ पुगेको छ । यही अवधिमा थप ६ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ८० पुगेको छ । अहिले नेपालमा १६ हजार दुई सय ४८ जना सक...
आइतवारदेखि भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने काठमाण्डौ महानगरको निर्णय

आइतवारदेखि भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने काठमाण्डौ महानगरको निर्णय

शिक्षा, समाचार, स्थानिय तह, स्वास्थ्य
लक्ष्मण श्रेष्ठ ०८,असोज काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले १० गते आइतवार बाट भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको कारण गएको वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने निर्णय भएको हो । महानरपालिकाको शिक्षा विभागले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको छ । भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर महानगरपालिकामा पेस गर्नुपर्नेछ ।भनेरविभागका प्रमुख रामप्रसाद सुवेदीले बताएका छन्। विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य गरिएको छैन । विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसेर आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाएर महानगरको शिक्षा शाखामा पेस गर्नुपर्ने र शिक्षक, विद्या...
विश्वभर कोरोना संक्रमणको दर कति छ त ?

विश्वभर कोरोना संक्रमणको दर कति छ त ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, स्वास्थ्य
०८,असोज काठमाडौँ विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ७ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख २२ हजार ९६८ जनामा कोरोना पहिचान भएको छ । यसैगरी बेलायतमा ३६ हजार ७१०, भारतमा ३१ हजार ४५८, टर्कीमा २७ हजार ८४४, ब्राजिलमा २४ हजार ६११ र रुसमा २१ हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ । यहीअवधिमा ८ हजार ५७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अमेरिकामा १ हजार ९४४, रुसमा ८२०, ब्राजिलमा ६६१, भारतमा ३१९ र टर्कीमा २१७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४७ लाख ४१ हजार ५८२ पुगेको छ । कुल संक्रमित २३ करोड १३ लाख ५१ हजारमध्ये २० करोड ८० लाख १७ हजार जना निको भइसकेका छन् ।  ...