Thursday, April 25
Shadow

काठमाण्डौंमा अष्ट्राजेनिका खोपको पहिलो डोज दिदै


  • -इ
  • इ+

भदौ २, काठमाण्डौ

केशब श्रेष्ठ
काठमाण्डौ जिल्लामा भदौ १ गतेदेखि ९ वटा लक्षित वर्ग तोकेर महानगरपालिका भित्र ६ वटा अस्पताल र अरु सबै नगरपालिकामा केन्द्र तोकी कोभिड १९ विरुद्धको अष्ट्राजेनिका खोपको पहिलो डोज दिएको स्वस्थ्य कार्यलय काठमाण्डौले जनाएको छ ।

पहिलो डोज कोभिडशिल्ड खोप लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुलाइ समेत यो अभियनमा अष्ट्राजेनिका खोप दिइने र जनस्वस्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने कार्यलयले बताएको छ ।

बेलायतसंगै भारतमा पनि परिक्षण भैरहेको अष्ट्राजेनिका खोप नेपाल सहितका देशका लागि निकै प्रभावकारी हुने र खोपको प्रभावकारिता खोपको मात्रामा रहने बताउदै आइएको छ । एक डोज दिदा मात्रै पनि कोभिड सङ्क्रमण निको हुने दर ६२ प्रतिशत रहेको अष्ट्राजेनिकाले जनाएको छ ।

यो खोप सबै उमेर समुहका लागि प्रभावकारी रहेको पाइन्छ । खासगरि वृद्धवृद्धामा पनि यसको प्रभाव देखिनुलाइ विज्ञहरुले राम्रो मानेका छन् र लक्षण नदेखिएको बिरामिको शरिरमा पनि भ्यक्सिनको प्रयोगले सङ्क्रमण हटेको पाइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares