Thursday, March 28
Shadow

देशभर थप १,६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु


  • -इ
  • इ+

लक्ष्मण श्रेष्ठ

६ भाद्र, काठमाडौं

देशभर थप एक हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार पाँच सय २३ र एन्टिजेन परीक्षणमा एक सय ४१ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा नौ हजार एक सय १७ जनाको पिसिआर परीक्षण र तीन हजार एक सय पाँचजनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर ३५ हजार पाँच सय ९१ जना सक्रिय संक्रमित रहेका छन् ।

मंगलबार एक हजार सात सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार सात सय ५० पुगेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares